श्रावण २४, २०७७ शनिबार
Logo


पहिरोको जोखिममा परेका ७ घर परिवार सारिए

हिमलाल पराजुली
स्याङ्जा । पहिरोको जोखिममा परेका ७ घर परिवार सुरक्षित स्थानमा सारिएका छन् । वालिङ नगरपालिकाका जोखिममा परेका घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।

पहिरोको जोखिममा परेका वालिङ नगरपालिका वडानम्बर ८ स्थित दमाई डाँडाको दलित समुदायका परिवारलाई तत्कालका लागि अमिलीथुम आधारभूत विद्यालयको भवनमा सारिएको नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिनुभयो । मंगलबार बसेको नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठकले बाढी पहिरोको उच्च जोखिममा रहेको बस्तीलाई सुरक्षित स्थानमा सार्ने निर्णय गरको हो ।

वर्षायाममा बाढी पहिरोको उच्च जोखिम हुन सक्ने सम्भावित गाउँलाई पूर्व सावधानी स्वरुप विद्यालयमा स्थानान्तरण गरिएको हो । वर्षायाम हटेपछि भने उनीहरुलाई दीर्घकालीन रुपमा उचित बसोबासको व्यवस्थापन मिलाउने गरी जग्गाको खोजी भइरहेको नगर प्रमुख खाँणले बताउनुभयो ।

त्यस्तै, वालिङ नगरपालिकाकै वडा नम्बर १३ को कुसुण्डेमा पनि पहिरोको उच्च जोखिममा रहेका ३२ घरधुरीलाई पनि सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको उपप्रमुख कल्पना तिवारीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…