श्रावण २४, २०७७ शनिबार
Logo


स्पेनिस ला लिगा : बार्सिलोनाको जित्ने आशा कायमै

काठमाडौं । लुइस स्वारेजको गोलमा स्पान्योलमाथि जित निकाल्दै बार्सिलोनाले स्पेनिस ला लिगा जित्ने आशालाई कायम राखेको छ ।

घरेलु मैदान नाओ क्याम्पमा भएको खेलमा बार्सिलोनाले स्पान्योललाई १–० गोल अन्तरले हराउँदै लालिगाको उपाधि यात्रामा थप बल पुर्याएको छ । अर्काेतर्फ हारको सामना गरेको स्पान्योल भने लालिगाबाट रेलिगेट हुने निश्चित भएको छ ।

गोलरहित पहिलो हाफ खेलेको दुबै क्लब दोश्रो हाफको ८ मिनटभित्रमा १० खेलाडीमा सिमित बनेको थियो । बार्साका अन्शु फाटीले स्पान्योलका फर्नान्डो कालेरोमाथि फाउनल खेलेपछि रेड कार्ड खाए भने स्पान्योलका पोल लोजानो पनि गलत ट्याकलका लागि रेड कार्ड खाादै मैदानबाट बाहिर पठाईएका थिए ।

त्यसपछि ५६औं मिनटमा स्वारेजले गोल गर्दै बार्सालाई उपाधि होडमा महत्वपूर्ण तीन अंक दिलाए । यो जितले बार्सालाई शिर्ष स्थनमा रहेको रियाल मड्रिडबाट एक अंक मात्र पछि पारेको छ । उसको ३५ खेलमा ७६ अंक भएको छ भने रियालको ३४ खेलमा ७७ अंक छ ।

लिगमा तीन चरणको खेल बाँकी रहँदा स्पान्योलको जम्मा २४ अंक छ र अब बाँकी तीनै खेलमा जित निकाले पनि स्पान्योल तल्लो डिभिजनमा घटुवा हुने पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…