श्रावण २४, २०७७ शनिबार
Logo


डब्लुएचओमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मा जागिर लगाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । राजधानीकाे तिनकुने बस्ने नवलपरासी बर्दघाट (सुस्ता पूर्व) देउचुली नगरपालिकाको वडानम्बर १५ प्रगतीनगरका ३४ वर्षीय बिजय पाण्डेलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पाण्डेले चितवनको भरतपुर महानगरपालिका बस्ने अस्मिता अधिकारीलाई करिब १ वर्ष पहिले चिनजान गरी आफू डब्लुएचओको कर्मचारी भएकोले संस्थामा जागिर लगाइदिने प्रलोभन दिएको खुलेको छ । संस्थामा कर्मचारी माग भएको अवस्थामा जागिर लगाईदिने भन्दै गत वैशाख २९ गतेदेखि असार ७ गतेसम्म पटक/पटक गरी बैंक खाता तथा आईएमई मार्फत १ लाख ८२ हजार रुपैयाँ लिई सम्पर्क विहिन भएको भन्ने सूचनाका आधारमा पाण्डेलाई पक्राउ गरिएको हो ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई बानेश्वरबाट पक्राउ गरेको हो । पाण्डेले काठमाडौं शंखमुलमा धन बहादुर बिष्टले सञ्चालन गरेको फर्निचर पसलबाट १८ लाख रुपैयाँको फर्निचर लिन्छु भन्दै विश्वास दिलाई फर्निचर सञ्चालकबाट ५० हजार रुपैयाँ लिई ठगी गरेको समेत प्रहरीले जनाएको छ । त्यस्तै, पाण्डेले भरतपुर महानगरपालिका बस्ने निशानबाबु घिमिरेलाई पनि डब्लुएचओको कार्यालय ललितपुरमा जागिर लगाईदिने विश्वास दिलाई ३ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए ।

पाण्डेले अछाम तुर्माखाँद घर भएकी रञ्जु बुढालाई १ बर्षसम्म नक्कली कार्यालयमा काम लगाई तलब नदिई ठगी गरेको, नवलपरासी बस्ने दिपक खनाल, धन बहादुर क्षेत्री, मनाङ घर भएका कासी गुरुङ, ठेगाना नखुलेका सरिता भण्डारी र रमा घिमिरे लगायतका व्यक्तिहरुलाई डब्लुएचओमै जागिर लगाउने प्रलोभनमा ठगी गरेको पनि अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले पाण्डेबाट अन्य कोही ठगीमा परेको भए महानगरीय अपराध महाशाखा नयाँ बानेश्वर र महानगरीय प्रहरी परिसर टेकुमा सम्पर्क राख्न पनि अनुरोध गरेको छ । उनलाई  ठगी सम्बन्धी कसूरमा कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…