श्रावण २४, २०७७ शनिबार
Logo


थप १०८ जनामा कोरोना, संक्रमित संख्या १६,५३१ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक सय ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप एक सय ८ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म १६ हजार पाँच सय ३१ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । नेपालमा पछिल्लाे २४ घण्टामा एक सय २९ जनाले काेराेना जितेर घर फर्किएका छन् । नेपालमा हालसम्म ७ हजार ८ सय ९१ जना संक्रमित कोरोना निको भएर घर फर्किएको प्रवक्ता डा.गौतमले जानकारी दिनुभयो ।

बिहीबार पीसीआर विधिबाट ४ हजार ५ सय ८८ जनाको कोरोना परीक्षण भएको छ । यो समेत गरी आजसम्म २ लाख ७१ हजार एक सय ४५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । अहिले देशभरीका आइसोलेसनमा ८ हजार ६ सय ५ जना रहेका छन् । जसमा प्रदेश नम्बर १ मा एक सय ९६, प्रदेश नम्बर २ मा दुई हजार २४, बागमती प्रदेशमा ४ सय २९ र गण्डकी प्रदेशमा ८ सय ६२ जना संक्रमित उपचाररत रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा एक हजार ७ सय २७, कर्णाली प्रदेशमा ४ सय ५ र सुदूरपश्चिम प्रदेशमा २ हजार ९ सय ६२ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् । देशभरीका क्वारेन्टिनमा बिहीबार २४ हजार ४ सय २५ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सरसामान हराउन सक्नेछ, मित्रतामा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ । वृष–महिलावर्गको साथ सहयोग मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ…

काठमाडौं । यस वर्षको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान तथा पुरस्कार  वरिष्ठ साहित्यकार एवं इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ…

सप्तरी । आइसोलेसनमा बसेका केही कोरोना संक्रमितले महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारर गरेका छन् । बिहीबारको खानामा किरा भेटिएको भन्दै आक्रोशित बनेका…

मेष –नयाँ व्यवसायमा लगानीको अवसर आउनेछ । भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवं अरुको माया एवं…

धनुषा । जनकपुरमा गलत समूहको रगत दिँदा सुत्केरीको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि २ चिकित्सक पक्राउ परेका छन्…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा आफ्नो…