श्रावण २४, २०७७ शनिबार
Logo


काठमाडौंमा विभिन्न ठाउँमा चोरी, ३ जना पक्राउ

काठमाडौं । रातको समयमा कोही नभएका घरहरुमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महाशाखाबाट खटिएको टोलीले बुधबार चोरी कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ का २७ वर्षीय राजकुमार भन्ने टुके दमाई, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–८ का ३५ वर्षीय रवि विश्वकर्मा र मेलम्ची–९ कै ३० वर्षीय दिनेश नपाली रहेका छन् । उनीहरुको साथबाट प्रहरीले सुनका गरगहनाहरु ५ तोला ७० लाल, पित्तलको गाग्री थान १, तामाको घैला थान १, चरेशको थाल थान ५, साडी, कोट पाइन्ट लागायतका बिभिन्न लत्ता कपडाहरु, पित्तलको लोटा थान १, आचमानी थान १, पुजा गर्ने सुकुन्दा थान १, फलामको ह्याम्मर थान २, पेचकस थान २, नगद रु १९,पाँच सय रुपैयाँ बरामद गरेको छ ।

२०७६ चैत १९ गते कागेश्वरी मनहरा नगरपालिका–५ थलीस्थित बालहरी चौलागाईंको घरमा भएको चोरीको अनुसन्धानका क्रममा उनीहरुले चोरी गरेको भन्ने पत्ता लगाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य दुई जनाको खोजी कार्य भइरहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सरसामान हराउन सक्नेछ, मित्रतामा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ । वृष–महिलावर्गको साथ सहयोग मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ…

काठमाडौं । यस वर्षको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान तथा पुरस्कार  वरिष्ठ साहित्यकार एवं इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ…

सप्तरी । आइसोलेसनमा बसेका केही कोरोना संक्रमितले महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारर गरेका छन् । बिहीबारको खानामा किरा भेटिएको भन्दै आक्रोशित बनेका…

मेष –नयाँ व्यवसायमा लगानीको अवसर आउनेछ । भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवं अरुको माया एवं…

धनुषा । जनकपुरमा गलत समूहको रगत दिँदा सुत्केरीको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि २ चिकित्सक पक्राउ परेका छन्…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा आफ्नो…