श्रावण २४, २०७७ शनिबार
Logo


विपत् व्यवस्थापनमा नयाँ रणनीति अपनाउन गृहमन्त्रीकाे निर्देशन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले मनसुनका कारण उत्पन्न हुने विपदको व्यवस्थापनमा नयाँ रणनीति अपनाई काम गर्न निर्देशन दिनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा बोल्दै गृहमन्त्री थापाले अहिलेसम्म अपनाइएको सतर्कताले नपुग्ने भन्दै नयाँ रणनीतिका साथ अगाडि बढ्न निर्देशन दिनुभएको हो । उहाँले संकटलाई समाधान गर्न केन्द्र सरकारको कार्यसमिति लगायत सरोकारवाला संघ संस्थाहरुलाई उच्च सतर्कतामा राख्न समेत निर्देशन दिनुभयो । उहाँले घटना घटनासाथ उच्च सतर्कता अपनाई तुरुन्तै परिचालित हुने गरी काम गर्न समेत निर्देशन दिनुभयो ।

गृहमन्त्री थापाले भन्नुभयो ‘अब यसलाई कसरी समाधान गर्ने यो संकटलाई अहिले आएको र अब आउने भावि संकटलाई भनेर दुईवटा कुरा गर्न जरुरी छ । अब हामीले हाम्रो सतर्कता हाम्रो केन्द्रको कार्यसमिति यससित सम्बद्ध सबै विभागहरु सबै सरोकारवाला संघ संस्थाहरु यससित आवद्ध छन् । हामीले हाम्रो सतर्कतालाई उच्च अवस्थामा पु¥याउन जरुरी छ । हामी हाई अलर्टको अवस्थामा रहन जरुरी छ चौविसै घण्टा । मलाई लाग्छ पक्कैपनि हाम्रा सबै सम्बद्ध संस्थाहरु विभागहरु सतर्क नै हुनुहुन्छ तर यति सतर्कताले पुग्दैन । यसलाई अझ बढाउन जरुरी छ भन्ने लाग्छ । दोस्रो कुरा हामीले घटना घटनासाथ तुरुन्तै परिचालित हुन जरुरी छ । उच्च सतर्कता र तुरुन्तै परिचालित हुने तल हाम्रो स्थानीय तहहरुमा हामीले संरचना बनाएका छौं जुध्नको निम्ति हाम्रो प्रदेश स्तरमा पनि छ केन्द्रस्तरमा पनि छ । केन्द्र स्तरमा विभिन्न अन्य संरचनाहरु पनि विभागीय भनौं अथवा विषयगत संरचनाहरु पनि हामीले बनाएका छौं । हामी सबै घटना घटनासाथ तुरुन्तै परिचालित हुन जरुरी छ ।’

मनसुनले यस वर्ष बाढी पहिरोको जोखिम बढाएको भन्दै संकटको सम्भावनाको आँकलन गरिएको बताउनुभयो । जेठ महिनामा नै पानी परेकाले धरातल भिजेको र आगामी दिनमा ठूलो वर्षा हुने अनुमान पनि गरिएकाले देशव्यापी रुपमा नै बाढी पहिरो आई धनजनको क्षति ल्याउने सम्भावनाहरु प्रवल देखिएको बताउनुभयो । उहाँले संकटलाई सामना गर्दै जनताको जीउ धनको रक्षा गर्ने चुनौति बढेको बताउनुभयो ।

देशले चारवटा संकट एकैपटक व्यहोर्नुपरेकाले चुनौति बढी नै रहेको गृहमन्त्री थापाको भनाइ छ । कोरोनाका भाइरसका कारण मानव स्वास्थ्यमा परेको संकट, अर्थतन्त्रमा परेको संकट, लामो समय लकडाउन हुँदा समाजमा परेको संकट र मनसुन छिटो हँुदा बाढी पहिरोका कारण पर्ने संकटको व्यवस्थापन एकैसाथ गर्नुपरेकाले चुनौति धेरै रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सरसामान हराउन सक्नेछ, मित्रतामा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ । वृष–महिलावर्गको साथ सहयोग मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ…

काठमाडौं । यस वर्षको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान तथा पुरस्कार  वरिष्ठ साहित्यकार एवं इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ…

सप्तरी । आइसोलेसनमा बसेका केही कोरोना संक्रमितले महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारर गरेका छन् । बिहीबारको खानामा किरा भेटिएको भन्दै आक्रोशित बनेका…

मेष –नयाँ व्यवसायमा लगानीको अवसर आउनेछ । भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवं अरुको माया एवं…

धनुषा । जनकपुरमा गलत समूहको रगत दिँदा सुत्केरीको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि २ चिकित्सक पक्राउ परेका छन्…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा आफ्नो…