श्रावण २४, २०७७ शनिबार
Logo


भारतीय न्युज च्यानल प्रसारण रोकियो

काठमाडौं । भारतीय विभिन्न न्युज टेलिभिजनको नेपालमा प्रसारण रोकिएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर(एमएसओं)ले भारतीय न्यूज च्यानलको प्रसारण नेपालमा बन्द गरेको हो ।

भारतीय न्युज च्यानलले पछिल्लो समय नियोजित रुपमा नेपालविरुद्ध मनगढन्ते समाचार प्रसारण गर्दै आएका छन् ।भारतीय न्युज च्यानलले केही दिन यता प्रधानमन्त्री केपी ओली र चिनियाँ राजदूत होउ यान्छीबारे राजनीतिक र कुटनीतिक मानमर्दन हुने गरी समाचार प्रसारण गरिरहेका छन् ।

प्रधानमन्त्री ओली र चिनियाँ राजदूत यान्छीबारे भारतीय च्यानल जी न्यूजले अनर्गल र अतिरञ्जित प्रसारण गरेपछि एमएसओंले नेपालमा भारतीय न्युज च्यानल प्रसारण रोक्ने निर्णय गरेको हो । नेपाल केवल टेलिभिजन महासंघका कार्यकारी निर्देशक राधेश्याम लेकालीले एमएसओले स्वतस्फूर्त यस्तो निर्णय लिएको जानकारी दिनुभयो ।

केवल टेलिभिजन महासंघले भारतीय न्युज च्यानल प्रसारण रोक्ने आधिकारिक निर्णय भने गरिसकेका छैनन् । ‘कम्पनीले स्वतस्फुर्त यो कदम चालेका हुन सक्छन‘, उहाँले भन्नुभयो, भारतीय समाचार च्यानल बन्द गरिएको जानकारी आएको छ। तर केवल टेलिभिजन महासंघबाटै निर्णय गरेर यो कदम चालिएको होइन।‘

महासंघका कार्यकारी निर्देशक लेकालीका अनुसार कम्पनीले प्राविधिक कारण देखाउँदै यस्तो कदम चालेका हुन् । भारतीय टेलिभिजन च्यानलले नेपालबारे अनर्गल प्रचार गरिएपछि यस्तो कदम चालिएको हुन सक्ने उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सरसामान हराउन सक्नेछ, मित्रतामा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ । वृष–महिलावर्गको साथ सहयोग मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ…

काठमाडौं । यस वर्षको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान तथा पुरस्कार  वरिष्ठ साहित्यकार एवं इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ…

सप्तरी । आइसोलेसनमा बसेका केही कोरोना संक्रमितले महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारर गरेका छन् । बिहीबारको खानामा किरा भेटिएको भन्दै आक्रोशित बनेका…

मेष –नयाँ व्यवसायमा लगानीको अवसर आउनेछ । भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवं अरुको माया एवं…

धनुषा । जनकपुरमा गलत समूहको रगत दिँदा सुत्केरीको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि २ चिकित्सक पक्राउ परेका छन्…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा आफ्नो…