श्रावण २४, २०७७ शनिबार
Logo


चर्चित ग्याङस्टार विकास दुवे इन्काउन्टरमा मारिए

काठमाडौं । भारत उत्तर प्रदेशका चर्चित ग्याङस्टार विकास दुवे प्रहरी इन्काउन्टरमा मारिएका छन्। एक साता अघि ८ जना प्रहरीको हत्या गरेर फरार रहेका दुवेलाई प्रहरीले मध्य प्रदेशको उज्वेनमा पक्राउ गरेको थियो। उनलाई भारतीय प्रहरीको स्पेसल टास्क फोर्स (एसटीएफ)ले नियन्त्रणमा लिएर कानपुर ल्याइँदै थियो।

दुवेले प्रहरी नियन्त्रणबाटै भाग्न खोजेपछि इन्काउन्टरमा परेका हुन् । उनलाई ल्याउँदै गरेको प्रहरीको एउटा गाडी दुर्घटनामा परेको छ। वर्षाका कारण गाडी दुर्घटनामा परेलगत्तै दुवे भाग्न खोजेका थिए । भाग्न खोजेपछि उनलाई इन्काउन्टर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा केही प्रहरीघाइते भएका छन्। दुवे उज्वेनको मन्दिर बाहिर बिहीबार पक्राउ परेका थिए।

टाइम्स अफ इन्डियाका अनुसार दुवे ८ प्रहरीको हत्यापछि प्रहरीबाट बच्न लगातार भागिरहेका थिए। यसबीचमा उनी भारतका ५ राज्यमा पुगेको र १५ सय किलोमिटर दुरी तय गरेको समाचारमा उल्लेख छ। उनी फरार भएलगत्तै केही भारतीय मिडियाले नेपाल प्रवेश गरेको समाचार सार्वजनिक गरेका थिए। यद्यपि, १५ सय किलोमिटर दुरी तय गरेका उनी भारतभित्रै समातिएका थिए।

उज्वेन मन्दिरमा पूजासामा बेच्ने व्यक्तिले पहिचान गरेपछि उनले प्रहरीलाई खबर गरेका थिए। फरार रहेका दुवेको शिरको मूल्य समेत तोकिएको थियो। मोस्ट वान्टेड रहेका उनीमाथि ५ लाख रुपैयाँ पुरस्कार राखिएको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…