Logo असार १, २०७८ मंगलबार


नारायणी नदीमा पानीको बहाव खतराको नजिक

चितवन । बिहीबारदेखिको लगातार वर्षाका कारण नारायणी नदीमा पानीको बहाव खतराको तह नजिक पुगेको छ । नारायणी नदीको देवघाटमा रहेको बाढी मापन केन्द्रले नदीमा जल सतह सतर्कता तह पार गरेको जनाएको छ ।

नदीले सतर्कता तह पार गरेसँगै चितवन र नवलपरासीको नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ
। नदीमा पानीको सतह बढ्दै गएकाले बाढी आउन सक्ने भन्दै चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले नदी कटान र डुबान क्षेत्रका बासिन्दालाई सतर्क हुन आग्रह गर्नुभएको हो ।

त्यस्तै भरतपुर महानगरपालिकाको अधिकांश वडाहरु बाढीबाट प्रभावित हुने भन्दै नगर प्रमुख रेनु दाहालले नदी तटीय क्षेत्रका बासिन्दा तथा सम्पूर्ण महानगरबासीलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । नदीजन्य सम्भावित जोखिमको निगरानी राख्न महानगर प्रमुख दाहालले महानगरपालिकाको विपद् व्यवस्थापन शाखा, प्रभावित क्षेत्रका जनप्रतिनिधिहरु तथा वडा कार्यालयहरु, नगर प्रहरी तथा जिल्ला स्थित सुरक्षा निकाय, रेडक्रसका साथै मानवीय सहयोगी संघसंस्था तथा निकायहरुलाई उद्धार र व्यवस्थापनका लागि तयारी अवस्थामा रहन समेत आग्रह गर्नुभएको छ ।

देवघाटमा रहेको जल मापन केन्द्रले अहिले नारायणी नदीको देवघाटमा ७.५९ मिटर र नारायणगढ पुलमा ११.०१ मिटर पानी रहेको जनाएको छ । नारायणी नदीमा नारायणगढमा पानीको तह ११ मिटर पुगेको खण्डमा सतकर्ताको तह मानिन्छ । भरतपुर महानगरपालिकाको १, ३, ४, १६, १७, १८, २२ र २४ देखि २८ सम्मका वडाहरु डुबान र नदी कटानको उच्च जोखिममा रहेका क्षेत्र हुन् ।

त्यस्तै वडा नम्बर २९ का अधिकांश भागहरु पहिरोको जोखिममा रहेका छन् । यसैबीच महानगरपालिकाको वडा नम्बर २७ र २८ को सिमानामा पर्ने निउरे चोकमा शुक्रबार बिहान एउटा स्पार्क बगाएको छ । सो स्थानमा नदीको कटान रोकथाम र नियन्त्रणका लागि भरतपुर महानगरपालिका नदी नियन्त्रण कार्यालय तथा सुरक्षा निकायहरुको संयुक्त टोलीले काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…