श्रावण २४, २०७७ शनिबार
Logo


तपाइँको यो साता (असार २८देखि साउन ३ सम्मको राशिफल)

मेष – सरसामान हराउन सक्नेछ । अनावश्यक आर्थिक चिन्ता बढ्नेछ । घरायसी खर्चमा वृद्धि हुनेछ । यात्रामा झमेला पर्नेछ । अनावश्यक विवादमा फसिनेछ । अरुको कारणले आफूलाई भार पर्नेछ । साताको मध्यमा भने धन सम्पति वृद्धि व्यापारमा फाइदा एवं कामबाट लाभ मिल्नेछ । साताको अन्त्यमा राजनीतिक फाइदा एवं पदप्रतिष्ठाको योग रहेको छ ।

वृष – नयाँ काममा सहयोगीहरु थपिनेछन् । आँटेको काममा लाभ मिल्नेछ । व्यवसायमा फाइदा एवं धार्मिक रुचि बढ्नेछ । स्त्रीबाट सहयोग एवम कृषि र जलको कारोबारमा फाइदा मिल्नेछ । आफ्नो कामको राम्रो प्रतिफल मिल्नेछ । साताको मध्यममा भने काममा वाधा  आउनेछ । फाइदा अरुलाई जानेछ । राजनीतिमा जिम्मेवारी थपिने, रोजगारीमा लाभ मिल्ने एवं ठूलाबडाबाट स्याबासी पाइनेछ

मिथुन – पुरानो कारोवारमा व्यस्तता बढ्नेछ । रोजगारीको अवसर मिल्नेछ । कामको प्रशंसा पाइनेछ । राजनीतिक क्षेत्रबाट फाइदा लिन सकिनेछ । साताको मध्यमा राम्रो आम्दानी हुनेछ । आर्थिक सहयोग बढ्नेछ । कृषिकामबाट धनार्जन हुनेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा समस्या एवम खर्चको मात्रा बढ्नेछ ।

कर्कट – धार्मिक एवं सामाजिक काममा समय व्यतित हुनेछ । सानो यात्राको सुख मिल्नेछ । वैदेशिक कामबाट फाइदा पाइनेछ । ठूला बडाले साथ दिनेछन् । काममा प्रगति हुनेछ । जग्गा जमिनबाट फाइदा एवं सञ्चित धन बढ्नेछ । आर्थिक काममा प्रगति हुनाका साथै सन्तानबाट पनि सहयोग पाइनेछ । साताको अन्त्यमा राम्रो आम्दानी सहित कार्य सफल हुनेछ ।

सिंह – स्वास्थ्यमा समस्या आउनेछ । आफन्तबाट धोका हुनेछ । झूठो लाञ्छना लाग्नेछ । साताको मध्यमा भने भाग्यले साथ दिनेछ । वैदेशिक रोजगारको फाइदा मिल्नेछ । साताको अन्त्यमा भने राजनीतिक लाभ, पदवृद्धिको चर्चा एवं मित्रहरुबाट राम्रो सहयोग पाइनेछ । साताको अन्त्यमा मित्रबाट आर्थिक सहयोग मिल्नेछ । स्त्रीबाट धनलाभ एवं सन्तानको सुख मिल्नेछ । ं

कन्या – व्यापारमा नया योजना बन्नेछ । पारीवारिक जमघट बढ्नेछ । वैवाहिक एवं धार्मिक काममा व्यस्त भइनेछ । साताको मध्यमा स्वास्थ्यमा गडबडी, खानपिनमा समस्या एवं झूठो लाञ्छना आउनेछ । घरवाहिरको काममा खर्च बढ्नेछ । अन्त्यमा भने अधुरा काम बन्ने ।
यात्राको योग बन्ने एवम ठूलाबडाबाट व्यक्तिगत सहयोग पाइनेछ ।

तुला– भोग विलास, मनोरन्जन एवं रमाइलोमा धन खर्च हुनेछ । वादविवादमा परिनेछ । विरोधीहरु अघि सर्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । व्यावसायिक यात्राको योग बन्नेछ । प्रेमीप्रेमिका बीच सम्बन्ध सुध्रिनेछ । ससुराल पक्षबाट सहयोग एवं साझेदारी लगानीमा फाइदाा पाइनेछ ।
साताको अन्त्यमा भने विसञ्चो हुने, काममा ढिलासुस्ती एवं गुप्त बाधा आइपर्नेछ । नजिकको आफन्तसँग सम्बन्ध विग्रिनेछ ।

वृश्चिक आम्दानीको स्तर बढ्नेछ । कला संगीतमा प्रगति मिल्नेछ विद्यामा उन्नति हुनेछ । सन्तानबाट सहयोग पाइनेछ । बुद्धिले सही निर्णय लिनेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रतिस्पर्धामा जित देखिन्छ । मुद्दामामिला किनारा लाग्नेछन् । साताको अन्त्यमा यात्रा हुने एवं पारीवारिक
भेटघाट र आफन्तबाट सहयोग पाइनेछ ।प्रेममा प्रगति एवं नयाँ काममा योजना बन्नेछ ।

धनु –आफन्तसँग सम्बन्ध विग्रिने छ । घरायसी विवाद बढ्नेछ । स्त्री जातिसँग मनमुटाव बढ्नेछ । चिसोको असर देखिनेछ । सन्तानबाट खुशियाली बढ्नेछ । व्यवसायमा फाइदा एवं विरोधीहरुबाट पनि राम्रो सहयोग मिल्नेछ । आपसी झमेला टुंगिने एवं खर्च भने बढ्ने देखिन्छ ।
साताको अन्त्यमा स्वास्थ्यमा सुधार र वादविवादमा मेलमिलाप हुनेछ । पुरानो काममा प्रगति मिल्नेछ ।

मकर– काममा जिम्मेवारी बढ्नेछ । छोटो यात्रा हुनेछ । दाजुभाइबाट आश्वासन मिल्नेछ । पराक्रम बढ्ने एवं मातृपक्षबाट सहयोग रहनेछ । साताको मध्यमा मानसिक अशान्ति एवं घरायसी झमेला आइपर्नेछ । साताको अन्त्यमा अध्ययनमा सफलता, व्यापारमा फाइदा एवं
सन्तति सुख मिल्नेछ । धनको आकस्मिक लाभ हुनेछ ।

कुम्भ – धनको कारोवारमा बढोरत्तरी हुनेछ । सन्तानबाट राम्रो सहयोग मिल्नेछ । भोजनको सुख मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । चेहरामा प्रशन्नता झल्किनेछ । धनको कारोबार बढ्नेछ । सानो यात्रा एवं बन्धुबाट सहयोग पाइनेछ । विदेशबाट फाइदा एवं मित्रजनले
सहयोग गर्नेछन् । साताको अन्त्यमा भने शारीरिक अस्वस्थता र काममा ढिलासुस्ती हुनेछ । धन सम्पत्तिको अनावश्यक चिन्ता थपिनेछ ।

मीन – नयाँ काममा प्रगति हुनेछ । साथीभाइसँगको भेटघाटमा खर्चमा वृद्धि हुनेछ । मध्यमा भने उत्साहका साथ धनको कारोबारमा वृद्धि हुनेछ । जिम्मेवारी थपिनेछ । कुटुम्ब भेटघाट रहनेछ । इष्टमित्रबाट सहयोग पाइनेछ । सम्पति वृद्धि एवं भोजनको सुख मिल्नेछ । साताको अन्त्यमा भने जिम्मेवारी थपिने, रोजगारीमा फाइदा एवं दिदी बहिनीको सहयोगबाट काम बन्ने देखिन्छ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्कः ९८५१०७१५७४ पशुपति जयवागेश्वरी, काठमाडौं

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…