बाधा अड्काउ फुकाउ मार्फत सबै म्यानपावर कम्पनीको नविकरण हुने

काठमाडौं । एक सय भन्दा कम कामदार वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीको नविकरण हुने भएको छ । कोभिड-१९ का कारण वैदेशिक रोजगारमा कामदार पठाउने अवस्था नरहेपछि बाधा अडकाउ फुकाउ मार्फत एक वर्षका लागि सबै म्यानपावर कम्पनीको नविकरण गर्ने व्यवस्था गर्न लागिएको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बताउनुभयो ।

संघीय संसद प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको बैठकमा उपस्थित हुनु भएका मन्त्री यादवले कानूनमा न्यूनतम एक सय कामदार पठाए मात्र नविकरण हुने व्यवस्था रहेको र अहिलेको परिस्थितिका कारण कानून मन्त्रालयको सल्लाह बमोजिम बाधा अड्काउ फुकाउबाट नविकरण गर्ने गरी प्रस्ताव मन्त्री परिषद्मा पठाउन लागिएको बताउनुभयो । उहाँले यसअघि दुई पटकसम्म मन्त्री परिषदमा प्रस्ताव राखेको तर छलफल नभएपछि कानून मन्त्रालयको सहमति लिएर काम गर्न लागेको बताउनुभयो ।

वैदेशिक रोजगारीमा जाने कामदारलाई अभिमुखिकरण दिने संस्थाहरुको नविकरण गर्ने सम्बन्धमा भने कानून मन्त्रालयको सहमति नभएकाले नविकरण के गर्ने भन्ने अन्योल भएको बताउनुभयो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद गैह्रेले सबै म्यानपावर कम्पनीको नविकरणको प्रक्रियाको सुरुवात गर्न माग गर्नुभयो । उहाँले असार मसान्त भित्र नविकरण भइसक्नुपर्ने व्यवस्था भएकाले अहिले नै नविकरणको प्रक्रियाको सुरुवात गर्नुपर्ने बताउनुभयो । सरकारबाट निर्णय ढिलो हुँदा ७५ प्रतिशत वैदेशिक रोजगार व्यवसायी कम्पनी बन्द हुने अवस्था आउन लागेको र असार मसान्त सकिन चार दिन मात्र बाँकी रहेकाले छिटो निर्णय गरी कम्तिमा नविकरणको प्रक्रियामा जान दिन आग्रह गर्नुभयो ।

छलफलमा सांसदहरुले एकसय कामदार पनि पठाउन नसक्ने म्यानपावर कम्पनीलाई नविकरण गर्नुपर्छ भन्ने पक्षमा आफूहरु नरहेको तर अहिलेको परिस्थितिका कारण एउटा आर्थिक वर्षका लागि नविकरण गर्ने व्यवस्था छिटो मिलाउन आग्रह गरेका छन् । कानूनमा भएको व्यवस्था परिवर्तन गर्न नसकिने भएकाले सकेसम्म लचकता अपनाएर सहज बनाउन मन्त्रालयले नै अग्रसरता लिनुपर्ने सांसदहरुले बताए ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले वैदेशिक रोजगारमा जाने नयाँ कामदारको श्रम स्वीकृति रोकिएको बताउनुभयो । उहाँले पुनः श्रम स्वीकृति लिनेहरुका लागि भने अनलाइन प्रणाली मार्फत आवेदन दिन सकिने र तोकिएको दिन र समयमा आएर श्रम स्वीकृति नविकरण गर्न सक्ने व्यवस्था गरिएको बताउनुभयो । उहाँले सात वटै प्रदेशका कार्यालयबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाइएको समेत बताउनुभयो।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि वैदेशिक रोजगार क्षेत्र प्रभावित भएको छ । सबै अन्तर्राष्ट्रिय उडान बन्द रहेको र श्रम स्वीकृति पनि बन्द भएका कारण म्यानपावर कम्पनी पूर्ण रुपमा बन्द भएका छन् । व्यवसायीहरुले न्यूनतम एक सय जना कामदार नपठाए नविकरण नहुने अवस्था आएपछि सहजिकरण गरी एक वर्षका लागि नविकरण गर्न दिन माग गर्दै आएका छन् । यस्तै अभिमुखिकरण सेवा दिने संस्थाहरुको पनि नविकरण हुने व्यवस्था मिलाउन व्यवसायीहरुले माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

पत्रकार बानियाँ कान्तिपुर दैनिकका सहायक सम्पादक हुनुहुन्थ्यो ।

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…