श्रावण २४, २०७७ शनिबार
Logo


बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडक अवरुद्ध

चितवन । बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका वडा ९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले  डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो ।

लगातारको वर्षाले डाइभर्सन राखिएको कल्र्भट बगाएको गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताउनुभयो । प्रहरी निरीक्षक थापाले शनिबार बिहान ४ बजेबाट सडक अवरुद्ध भएको जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा नारायणगढ–बुटवल आउजाउ गर्ने सवारीसाधन बाटोमा नै रोकिएका छन् ।

चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले सडक बिस्तारका क्रममा डाइभर्सन निर्माण गरेको थियो । यसअघि बनाएको डाइभर्सन बगाएपछि कम्पनीले नयाँ बनाउने तयारी गरिरहेको छ । गैँडाकोटदेखि दाउन्नेसम्मको करिब ६५ किलोमिटर सडक बिस्तार कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…