बैंकको ब्याज शतप्रतिशत छुट गर्न माग

काठमाडौं । व्यवसायीले बन्दाबन्दी (लकडाउन) अवधिको बैंकको ब्याज शतप्रतिशत छुट दिन माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले (लकडाउन) अवधिको  ब्याज  छुट  हुनुपर्ने माग गरेकाे हाे ।

महासंघले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी कोरोना संक्रमण (कोभिड–१९) को कारण व्यापार व्यवसाय धराशायी बन्दै गएको भन्दै सरकारले सहुलियत स्वरुप व्यवसायीलाई यस अवधिभर बैंकको ब्याजदरमा शतप्रतिशत छुट दिन  आग्रह गरेकाे छ ।

महासंघका अध्यक्ष नरेश कटुवालले बैंक तथा वित्तीय संस्थाको किस्ता तथा ब्याज तिर्ने भाका कम्तीमा एक वर्ष पछाडि सार्न माग गर्नुभएको छ । ‘लकडाउन अवधिभर व्यावसायिक घरभाडामा पूरै छुट दिनुपर्छ’ उहाँले भन्नुभयो ।

महासंघले पुनःकर्जा कोषमा साना उद्योगी व्यवसायीकोे पहुँच सुनिश्चितता गर्न समेत माग गरेको छ । २०७३ सालमा स्थापना भएको महासंघमा विभिन्न २० संघ आवद्ध छन् । महासंघमा करिब २५ हजार व्यवसायी आवद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ । आकस्मिक लाभ मिल्नेछ । वृष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि…

काठमाडौं। काठमाडौं महानगरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राले स्यानिटरी प्याड अब निःशुल्क रुपमा पाउने भएका छन् । त्यसको लागि सामुदायिक विद्यालयलाई…

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ । चैत ११ गतेपछि म्याद…

काठमाडौं । मुलुकको राजधानी काठमाडौंमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । राजधानीमै कोरोना संक्रमित बढ्न थालेपछि सरकारले…

काठमाडौं ।  नागपञ्चमीपछि वर्षा सकिएर हिउँदको शुरुवात भएको मानिन्छ । यस वर्षको नागपञ्चमी सकिइसकेको छ । नागपञ्चमी पछि जनैपूर्णिमा समेत…

रुपन्देही । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख गुट्खा व्यापारीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । राजश्व कार्यालय प्रमुख अधिकृत…