श्रावण २४, २०७७ शनिबार
Logo


खुकुरी प्रहार गर्नेसहित ४ जना पक्राउ

फाइल तस्बिर

तनहुँ । जिल्लामा विभिन्न अपराधमा सजाय तोकिएर फरार रहेका ४ .जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध काठ ओसारपसारमा मुद्दा र ज्यान मार्ने उद्योगमा फरार रहेका ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ ।

अवैध काठ ओसारपसार मुद्दामा फरार रहेका शुक्लागण्डकी नगरपालिका–२ का कृष्णबहादुर भुजेल र त्यही ठाउँका कृष्णबहादुर रिमाल पक्राउ छन् । जिल्ला अदालतको २०६९ साल असार ११ गते फैसलाअनुसार भुजेललाई २ महिना १७ दिन र रिमाललाई २ महिना २३ दिनको कैद फैसला भएको थियो । उनीलाई.पक्राउ लगत्तै कैद भुक्तानीका लागि कारागार चलान गरिएको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

यसैगरी ज्यान मार्ने उद्योग मुद्दामा फरार भएका २ जना पक्राउ परेका छन् । मार्ने उद्योग मुद्दाका ऋषिङ गाउँपालिका–२ घर भइ व्यास नगरपाालिका–१३ बेलबास बस्ने २४ वर्षीय कमलेश चन्द र त्यही ठाउँका २६ वर्षीय मनोज परियार पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुलाई व्यास नगरपालिका–३ स्थित सिर्जनाटोलबाट पक्राउ गरिएको प्रहरी नाय उपरीक्षक तिमिल्सिनाले जानकारी दिनुभयो ।

उनीहरुले गएको जेठ ७ गते व्यास नगरपालिका–१३ बेलबासमा व्यास नगरपालिका–१ बस्ने २३ वर्षीय सुरज रानालाई मनोज परियार समेतले मार्ने उद्देश्यका साथ बाटो छेकी खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते रानाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…