मल्लेसी पहिरो पीडितलाई राहत वितरण

आशिष बहादुर सिंह
बझाङ । ह्युमानिटी फाउन्डेसन नेपाल र सुूुरश्चिमेली नेपाली समाजद्वारा मल्लेसी गाउँका पहिरो पीडितलाई राहत वितरण गरेको छ । असार १९ गते राति आएको अविरल वर्षाका कारण केदारस्यू गाउँपालिका वडा न ८ मल्लेसी गाउँका १९ परिवारका घरविहीन भई सात जनाको ज्यान गएको थियो ।

घटनाले यतिबेला गाउँ नै शोकमा डुबेको बेला मनकारी समाजसेवी कान्तिपुरका पत्रकार तथा ह्युमानिटी फाउन्डेसन नेपाल बझाङका सदस्य बसन्त प्रताप सिंहको पहलमा र अमेरिकामा बस्दै आएका सबै नेपालीको सानो सहयोगले मल्लेसी गाउँका पहिरो पीडितलाई राहत भएको छ । २२ परिवारलाई बिहान बेलुका खाद्यान्न लगायत प्रत्येक परिवारलाई १ क्युटल चामल, ५ केजी दाल, लुगा धुने तथा नुहाउने साबुन ३ लिटर तेल, ३ केजी नुन वितरण गरेको छ ।

त्यस्तै सुदूुरश्चिमेली नेपाली समाजद्वारा पनि प्रत्येक परिवारलाई ५० केजी चामल, दुई जोर लुगा, पकाउने भाँडाकुडा नुन, तेल, गाउँपालिका अध्यक्ष ईन्द्र भन्डारी, उपाअध्यक्ष्ँ निशा धाँमी, वडाध्यक्ष गणेश बोहरा लगायत पहिरो पिडीतका परिवारलाई सुदूरश्चिमेली नेपाली समाजका मनकारी समाजसेवी चेतन थापा ज्ञानेन्द्र सिंहले हस्तान्तरण गरेका छन् । ह्युमानिटी फाउन्डेसन नेपालले यस्ता विपतमा परेका बेला सहयोग गर्ने उदेश्यले सञ्चानन गरेको पत्रकार सिंहले बताए ।

यस्तै सुदुरश्चिमेली नेपाली समाजले पनि सुदूरपश्चिमका जनताको दुःख पीडामा सधैँ साथ दिदै आइरहेको जानकारी दिए । एक लाख नगद गाउँपालिकाको जिम्मा लगाइने थापाको भनाइ छ । खाने व्यवस्था भएपनि बस्नका लागि आवास नभएकाले तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा थापाले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ । आकस्मिक लाभ मिल्नेछ । वृष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि…

काठमाडौं। काठमाडौं महानगरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राले स्यानिटरी प्याड अब निःशुल्क रुपमा पाउने भएका छन् । त्यसको लागि सामुदायिक विद्यालयलाई…

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ । चैत ११ गतेपछि म्याद…

काठमाडौं । मुलुकको राजधानी काठमाडौंमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । राजधानीमै कोरोना संक्रमित बढ्न थालेपछि सरकारले…

काठमाडौं ।  नागपञ्चमीपछि वर्षा सकिएर हिउँदको शुरुवात भएको मानिन्छ । यस वर्षको नागपञ्चमी सकिइसकेको छ । नागपञ्चमी पछि जनैपूर्णिमा समेत…

रुपन्देही । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख गुट्खा व्यापारीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । राजश्व कार्यालय प्रमुख अधिकृत…