मृगौला प्रत्यारोपणमा डाक्टरसहित ४ जना पक्राउ

काठमाडौं । मृगौला प्रत्यारोपण प्रकरणमा कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित ४ जना पक्राउ परेका छन् । मृगौला प्रत्यारोपण प्रकरणमा प्रमुख कार्यकारी निर्देशक डा सुप्रभात श्रेष्ठसहित ४ जना पक्राउ परेका हुन् ।

प्रक्रिया नपुर्याएको भन्दै कार्यकारी निर्देशक श्रेष्ठसहित डा बालकृष्ण कालाखेती, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल र कानूनी सल्लाहकार रमेश काफ्लेलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो । एक वर्षअघि गरिएको मृगौला प्रत्यारोपणका विषयमा लिएर उनीहरुलाई नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको

कलेजका निर्देशक मनोहर प्रधानले जानकारी दिनुभयो । कलेजको मानव अङ्ग प्रत्यारोपण समितिमा कार्यकारी निर्देशक श्रेष्ठसहित पाँच जना सदस्य रहेका छन् ।समितिका सदस्य सर्जन डा राकेश बर्मा भने फेला नपरेको प्रहरी जनाएको छ ।

प्रधानका अनुसार उनीहरुलाई एक वर्षअघि काठमाडौँका एक पुरुषको मृगौला प्रत्यारोपणको विषयलाई लिएर अनुसन्धान गर्ने भन्दै नियन्त्रणमा लिइएको हो । प्रत्यारोपण भएका व्यक्ति नेपाली भएको र सरकारका सबै मापदण्ड पूरा गरिएको भए पनि के कति कारणले नियन्त्रणमा लिइएको हो भन्ने प्रस्ट नभएको बताउनुभयो । मेडिकल कलेजले हालसम्म ४ जनाको मृगौला प्रत्यारोपण गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ । आकस्मिक लाभ मिल्नेछ । वृष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि…

काठमाडौं। काठमाडौं महानगरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राले स्यानिटरी प्याड अब निःशुल्क रुपमा पाउने भएका छन् । त्यसको लागि सामुदायिक विद्यालयलाई…

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ । चैत ११ गतेपछि म्याद…

काठमाडौं । मुलुकको राजधानी काठमाडौंमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । राजधानीमै कोरोना संक्रमित बढ्न थालेपछि सरकारले…

काठमाडौं ।  नागपञ्चमीपछि वर्षा सकिएर हिउँदको शुरुवात भएको मानिन्छ । यस वर्षको नागपञ्चमी सकिइसकेको छ । नागपञ्चमी पछि जनैपूर्णिमा समेत…

रुपन्देही । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख गुट्खा व्यापारीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । राजश्व कार्यालय प्रमुख अधिकृत…