सावधान ! अब कहाँ कहाँ आउँछ बाढीपहिरो ?

काठमाडौं । केहीदिन यताको अविरल वर्षाले मुलुकको विभिन ठाउँमा बाढीपहिरो गइरहेको छ । मनसुन शुरु भएयता २९ दिनमा मुलुकको विभिन्न ठाउँमा बाढी पहिरोले ८८ जनाले जीवन गुमाइसकेका छन् । बाढीपहिरोमा परेका ३२ जना अझै बेपत्ता छन् ।

बाढीपहिरोले पहाड तथा तराईका १९ जिल्ला प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले मुलुकको विभिन्न ठाउँमा अझै २४ भारी वर्षा हुने अनुमान गरेको छ । देशको केही ठाउँमा मेघगर्जन रचट्याङसहित वर्षा हुने विभागको अनुमान छ ।

विभागले वर्षाको कारण नदीमा पानीको बहाव बढ्ने, बाढी आउने तथा पहिरो जान सक्ने भन्दै सतर्क रहन समेत आग्रह गरेको छ ।
बाढीपहिरोले सडक तथा हवाई यातायात प्रभावित हुने र ढल तथा पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुन सक्ने विभागको मौसम प्रक्षेपण छ ।

प्रदेश १ तथा २ र बागमतीको केही ठाउँमा भारी वर्षा भइ बाढीपहिरो जान सक्ने उल्लेख गरेको छ । गण्डकी र प्रदेश ५ का केही स्थानमा फेरि भारी वर्षा सम्भावना छ । ती ठाउँमा नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने विभागको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ । आकस्मिक लाभ मिल्नेछ । वृष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि…

काठमाडौं। काठमाडौं महानगरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राले स्यानिटरी प्याड अब निःशुल्क रुपमा पाउने भएका छन् । त्यसको लागि सामुदायिक विद्यालयलाई…

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ । चैत ११ गतेपछि म्याद…

काठमाडौं । मुलुकको राजधानी काठमाडौंमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । राजधानीमै कोरोना संक्रमित बढ्न थालेपछि सरकारले…

काठमाडौं ।  नागपञ्चमीपछि वर्षा सकिएर हिउँदको शुरुवात भएको मानिन्छ । यस वर्षको नागपञ्चमी सकिइसकेको छ । नागपञ्चमी पछि जनैपूर्णिमा समेत…

रुपन्देही । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख गुट्खा व्यापारीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । राजश्व कार्यालय प्रमुख अधिकृत…