श्रावण २४, २०७७ शनिबार
Logo


‘काठमाडौं फर्केपछि प्रधानमन्त्रीसँग छलफल हुन्छ’

चितवन । केही दिनदेखि गृह जिल्लामा रहनु भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले आइतबार पनि बाढी प्रभावित क्षेत्रको अवस्था निरीक्षण गर्नुभएका्े छ ।

दाहालले भरपुर महानगरपालिका २७ र २८ को सीमाक्षेत्रमा बाढीले भत्काएको बाँधको तथा माडीको बाढी प्रभावित क्षेत्र निरीक्षण गर्नुभएको हो । निरीक्षणको क्रममा दाहालले बाढी प्रभावित क्षेत्रको अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई जानकारी गराउने आश्वासन स्थानीय र बाढी पीडितलाई दिनुभयो ।

अध्यक्ष दाहालले चितवन आउनुअघि प्रधानमन्त्री केपी ओलीसँग बाढी र पहिरोले क्षति पु¥याएका ठाउँमा राहत र उद्दार कसरी गर्ने भन्ने विषयमा सल्लाह भएको र फेरि काठमाडौँ फर्किएपछि छलफल हुने बताउनुभयो ।

बाढी प्रभावित चितवन क्षेत्र नम्बर ३ दाहालको निर्वाचन क्षेत्र हो । दाहालले नारायणी नदीको कटान रोक्नका लागि आवश्यक काम भइरहेको बताउनुभयो । अध्यक्ष दाहाल शुक्रबार चितवन आउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सरसामान हराउन सक्नेछ, मित्रतामा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ । वृष–महिलावर्गको साथ सहयोग मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ…

काठमाडौं । यस वर्षको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान तथा पुरस्कार  वरिष्ठ साहित्यकार एवं इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ…

सप्तरी । आइसोलेसनमा बसेका केही कोरोना संक्रमितले महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारर गरेका छन् । बिहीबारको खानामा किरा भेटिएको भन्दै आक्रोशित बनेका…

मेष –नयाँ व्यवसायमा लगानीको अवसर आउनेछ । भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवं अरुको माया एवं…

धनुषा । जनकपुरमा गलत समूहको रगत दिँदा सुत्केरीको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि २ चिकित्सक पक्राउ परेका छन्…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा आफ्नो…