श्रावण २४, २०७७ शनिबार
Logo


पानीको मुहानको विषयमा दुई गाउँबीच झडप, चारजना पक्राउ

प्रकाश गौतम
रुकुम (पश्चिम) । आठबिसकोट नगरपालिका–३ स्याँलाखदीमा पानीको मुहानको विषयमा दुई गाउँबीच भएको झडपमा संलग्न चार जना पक्राउ परेका छन् । वैशाख २७ गते पानीको मुहानको विषयमा भएको झडपमा संलग्न रहि फरार भएका चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा आठबिसकोट–३ का २४ वर्षीय जीवन विक, ३५ वर्षीय विर्ख ऐरी, २४ वर्षीय शशिराम बुढा र ३५ वर्षीय सुरेश कामी रहेका छन् । उनीहरुलाई गाउँबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बतायनुभयो । उनीहरुलाई ज्यान मार्ने उद्योग अन्तर्गत कसुर मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको डिएसपी केसीले जानकारी दिनुभयो ।

घटनाका आरोपी चार जनालाई पक्राउ गरिएको छ भने घटनामा संलग्न वडाध्यक्ष केशरमान विकसहित अन्य फरार व्यक्तिहरुको खोजी कार्य भइरहेको छ । पक्राउ परेकाहरुको बयान, पीडितहरुको उजुरीको आधारमा घटनामा संलग्नहरुको खोजी कार्य भइरहेको डिएसपि केसीले बताउनुभयो ।

उक्त घटनामा ८ जना घाइते भएका थिए । सुन्तला पकेट क्षेत्रका लागि सिँचाई गर्ने पानी र आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणको विषयलाई लिएर झडप भएको थियो । घाइतेमध्य तीन जनाको अवस्था गम्भीर रहेको थियो । गम्भीर घाइते हुनेमा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेद्धार उठेका ४६ वर्षीय गोपाल बोहरासहित २८ वर्षीय गणेश बोहरा र २९ वर्षीय मदन भण्डारी रहेका
थिए ।

यस्तै २८ वर्षीया सुत्केरी दिल कुमारी यरी थापा, ६१ वर्षीय अनन्त बुढा, ६० वर्षीय अमृत बोहरा र ४६ वर्षीय मोहन बोहरा सामान्य घाइते भएका थिए । यी घाइतेहरु तल्ला गाउँका हुन् । यस्तै माथि गाउँका शशिराम बुढा पनि समान्य घाइते भएका थिए । अहिले सबै घाइते निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सरसामान हराउन सक्नेछ, मित्रतामा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ । वृष–महिलावर्गको साथ सहयोग मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ…

काठमाडौं । यस वर्षको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान तथा पुरस्कार  वरिष्ठ साहित्यकार एवं इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ…

सप्तरी । आइसोलेसनमा बसेका केही कोरोना संक्रमितले महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारर गरेका छन् । बिहीबारको खानामा किरा भेटिएको भन्दै आक्रोशित बनेका…

मेष –नयाँ व्यवसायमा लगानीको अवसर आउनेछ । भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवं अरुको माया एवं…

धनुषा । जनकपुरमा गलत समूहको रगत दिँदा सुत्केरीको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि २ चिकित्सक पक्राउ परेका छन्…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा आफ्नो…