श्रावण २४, २०७७ शनिबार
Logo


जनता टेलिभिजन चौंथो वर्षमा प्रवेश

काठमाडौं । जनता टेलिभिजन आजबाट चौंथो वर्षमा प्रवेश गरेको छ । जनताद्वारा जनताका लागि भन्ने नाराका साथ २०७४  साल असार २९ गते  प्रसारण थालेको जनता टेलिभिजन ३ वर्ष पूरा गरी चौंथो  वर्षमा प्रवेश गरेको हो । जनता टेलिभिजन सर्वसाधारण र विभिन्न क्षेत्रका व्यक्तिको लगानीमा सञ्चालित नेपाली सञ्चार जगतमा पहिलो सामुदायिक च्यानल हो । जनता प्रकाशन तथा प्रसारण लिमिटेड अन्तरगत सञ्चालित जनता टेलिभिजन समाचार र मनोरञ्जन मिश्रित च्यानल हो ।

यस अवसरमा जनता प्रसारण तथा प्रकाशन लिमिटेडका अध्यक्ष अध्यक्ष डा. विजयकुमार पौडेलले समस्त दर्शक, पाठक तथा विज्ञापन दातालाई धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाँले जनता टेलिभिजन दर्शक तथा शुभेच्छुकबाट पाएको माया र सुझावको आधारमा अगाडि बढ्ने  बताउनु भएको छ ।

अध्यक्ष पौडेलले सत्य–तथ्यमा आधारित सन्तुलित पत्रकारिता गर्ने क्रममा जनता टेलिभिजन, रेडियो जनता र जनता समाचार डटकमलाई अझै प्रखर बनाइने बताउनु भएको छ । ‘जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा संचालित ३ वटै सञ्चार माध्यम राष्ट्रियता र राष्ट्रहित, लोकतन्त्रका मूल्य–मान्यता, आर्थिक–सामाजिक परिवर्तन र नागरिक अधिकारप्रति प्रतिवद्ध रहने छ’ उहाँले भन्नुभएको छ, ‘जनता टेलिभिजनलाई व्यावसायिक रुपमा अझै बलियो बनाउने क्रमसँगै हामी आफ्नो सामाजिक उत्तरदायित्व पनि बिर्सने छैनौँ। आफ्नो घेरा र स्तर बढाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्दछौँ ।’

विश्व यतिखेर कोरोना भाइरस संक्रमण (कोभिड–१९) महामारीबाट आक्रान्त बनेको छ । कोरोनाले विश्व अर्थतन्त्र धरासयी बनाएको छ । उद्योग, कलकारखाना तथा विभिन्न व्यापार/व्यवसाय महिनौंदेखि बन्द छन् । व्यापार/व्यवसाय बन्द हुँदा त्यसको असर सञ्चार  क्षेत्रमा पनि परेको छ । कोरोनाले अधिकांश सञ्चार  माध्यम संकटमा परेका छन् । संकटकै कारण अधिकांश टेलिभिजन तथा प्रकाशन गृहले लकडाउन अवधिमा कर्मचारी तथा पत्रकारको सेवा–सुविधा कटौती गरेका छन् । केही संचारमाध्यमले कर्मचारी तथा पत्रकारलाई निष्काशन नै गर्न बाध्य भएका छन् । तर जनता टेलिभिजनले भने यस्तो अवस्थामा पनि आफ्ना कर्मचारी तथा पत्रकारको उत्साहमा कमी आउन दिएको छैन । अध्यक्ष पौडेलले जनता टेलिभिजन कोरोनाबाट उत्पन्न चुनौतीलाई पार गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाउनु भएको छ ।

काठमाडौंको मीनभवनमा मुख्यालय रहेको जनता प्रसारण तथा प्रकाशन लिमिटेडले ७ वटै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरिसकेको छ । जनता टेलिभिजन र रेडियो जनता र जनता समाचार डटकम आगामी दिनमा सत्य-तथ्य र निष्पक्ष पत्रकारिताको क्षेत्रमा तपाईहरूसँगै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सरसामान हराउन सक्नेछ, मित्रतामा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ । वृष–महिलावर्गको साथ सहयोग मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ…

काठमाडौं । यस वर्षको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान तथा पुरस्कार  वरिष्ठ साहित्यकार एवं इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ…

सप्तरी । आइसोलेसनमा बसेका केही कोरोना संक्रमितले महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारर गरेका छन् । बिहीबारको खानामा किरा भेटिएको भन्दै आक्रोशित बनेका…

मेष –नयाँ व्यवसायमा लगानीको अवसर आउनेछ । भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवं अरुको माया एवं…

धनुषा । जनकपुरमा गलत समूहको रगत दिँदा सुत्केरीको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि २ चिकित्सक पक्राउ परेका छन्…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा आफ्नो…