श्रावण २४, २०७७ शनिबार
Logo


तनहुँ पहिरो अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो, ५ बेपत्ता

तनहुँ । अविरल वर्षाको कारण जिल्लाको विभिन्न ठाउँमा गएको पहिरोले जीवन गुमाउनेको संख्या ६ जना पुगेको छ । पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटमा ४ जना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा १ जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा १ जनाको मृत्यु भएको हो ।

पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटका ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज र छोरी २१ वर्षीया अञ्जनाको निधन भएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । कमलाका २० वर्षीय छोरा राजेश भने बेपत्ता छन् । कमलाका पति केशरबहादुरलाई भने उद्धार गरी उपचारका लागि अस्पताल ल्याउने तयारी गरिएको छ ।

त्यही ठाउँकै ७० वर्षीया मैतकुमारी घर्तीको पनि पहिराले पुरिएर मृत्यु भएको छ । त्यस्तै पहिराले पुरिएर म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडा बस्ने १७ वर्षीया लक्ष्मी विकको मृत्यु भएको छ । ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा पहिराले पुरिएर बेपत्ता भएकामध्ये १ जनाको शव फेला परेको छ । पहिरोमा ४ जना बेपत्ता छन् । बेपत्ताको खोजी कार्य भइरहेको ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो ।

स्थानीय अनबहादुर थापाको घर पहिराले पुरिँदा जेठो छोरा ३० वर्षीय भेषबहादुर थापा, उनकी श्रीमती २९ वर्षीया नानुमाया, छोरी ५ वर्षीया अमिषा थापा, अनबहादुरको कान्छो छोरा २२ वर्षीय महादेव थापा र उनकी श्रीमती १९ वर्षीया मनिसरा थापा बेपत्ता छन् । त्यही ठाउँकै ६० वर्षीय ज्योतिमाया थापाको भने उद्धारपछि उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सरसामान हराउन सक्नेछ, मित्रतामा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ । वृष–महिलावर्गको साथ सहयोग मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ…

काठमाडौं । यस वर्षको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान तथा पुरस्कार  वरिष्ठ साहित्यकार एवं इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ…

सप्तरी । आइसोलेसनमा बसेका केही कोरोना संक्रमितले महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारर गरेका छन् । बिहीबारको खानामा किरा भेटिएको भन्दै आक्रोशित बनेका…

मेष –नयाँ व्यवसायमा लगानीको अवसर आउनेछ । भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवं अरुको माया एवं…

धनुषा । जनकपुरमा गलत समूहको रगत दिँदा सुत्केरीको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि २ चिकित्सक पक्राउ परेका छन्…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा आफ्नो…