Logo मंसिर २०, २०७७ शनिबार


प्रचण्डको कोरोना परीक्षण गरिने

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोरोना भाइरस संक्रमण परीक्षण गरिने भएको छ । शुक्रबार चितवन जानुभएका अध्यक्ष दाहाल आज काठमाडौं फर्कँदै हुनुहुन्छ । पूर्व प्रधानमन्त्री दाहाल अहिले काठमाडौ फर्कर्ने क्रममा बाटोमा रहनु भएको उहाँको सचिवालयले जनाएको छ ।

काठमाडौं फर्के लगत्तै उहाँको कोरोना परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अध्यक्ष दाहालले ३ दिने चितवन बसाइँमा धेरै मानिससँग भेटघाट गर्नुभएको छ । पछिल्लो समय चितवनमा कोरोना संक्रमण फैलिएको छ ।

अध्यक्ष दाहालको पत्नी सीता पौडेलको स्वास्थ्य अवस्था अलि कमजोर छ । पत्नी सीताको स्वास्थ्य अवस्था अलि कमजोर रहेको र अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओलीलाई पनि भेटघाट गरिरहनु पर्ने भएकाले उहाँको कोरोना परीक्षण गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अध्यक्ष दाहालको यसअघि प्रतिनिधिसभाका सदस्यहरुको कोरोना परीक्षण गर्दा पीसीआर गरिएको थियो । उहाँको त्यसबेला पीसीआर गर्दा रिपोर्ट नेगेटिभ भएको थियो ।

स्वास्थ्य मन्त्रालयले उपत्यकाबाहिर आउन जाउने गर्ने जो सुकैको पनि कोरोना परीक्षण गर्न निर्देशन दिएको छ । उपत्यका बाहिर गएर काठमाडौं फर्कँदा केही साता अघि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल समेत क्वारेन्टाइनमा बस्नु भएको थियो । क्वारेन्टाइन बसेपछि उहाँको पनि पीसीआर गरिएको थियो । उहाँको पनि पीसीआर गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।

केही महिना पूर्व उपप्रधानमन्त्री भीम रावलको सुरक्षार्थ खट्ने प्रहरीमा कोरोना संक्रमण देखिएपछि नेकपाको स्थायी समिति बैठक नै स्थगित गर्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

टेम्पल माउन्ट सिफ्टिंग प्रोजेक्टमा काम गर्ने पुरातत्वविदको टोलीमा सलंग्न एक ९ वर्षका बालकले तीन हजार वर्ष पुरानो सुनको टुक्रा भेटेका…

भेडाको ऊन कम्मल, राडी, स्विटर बनाउन प्रयोग हुने गरेको छ भने यसको घ्यू औषधिकै रुपमा प्रयोग हुने गरेको छ ।

अहिले टिकटकमा एक मिनेटसम्मको भिडियो मात्रै अपलोड गर्न सकिने सेवा रहेको छ ।

केन्द्रीय राजधानी नयाँ दिल्लीलाई समेत प्रभावित पार्नेगरी आन्दोलन शुरु भएकाले केन्द्रीय सरकार अहिले दबाबमा परेको छ ।

ट्राफिक कारबाहीमा परेमा लिनुपर्ने सचेतना कक्षा अनलाइनबाट लिएपछि मात्रै महाशाखाको कार्यालयबाट कागजपत्र लिन सकिने एसएसपी भट्टराईले बताउनुभयो ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६६ पुगेको छ ।