रुखबाट हाँगा खसेर लाग्दा एक जनाको मृत्यु

दाङ । रुखको हाँगा खसेर लाग्दा मोटरसाइकल चलाइरहेका एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–११ लहलौराका २३ वर्षीय तुलसी चौधरीको मंगलबार बिहान मृत्यु भएको हो ।
रा २ प ८८० नम्बरको मोटरसाइकलमा लहलौराबाट तुलसीपुर आउँदै गर्दा रुखको हाँगा भाँचिएर खस्दा चौधरी गम्भीर घाइते भएका थिए । चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताउनुभयो ।