Logo मंसिर १२, २०७७ शुक्रबार


नेपाल–भारत विवाद कुन दिशातिर ?

नेपालले पश्चिम नेपालको महाकाली नदीको सिरानदेखि पूर्वको नेपाली भू–भाग भारतले अतिक्रमण गरेको सन्दर्भमा वास्तविक दृढ अडान राखेको स्थिति अत्यन्त जायज न्यायसंगत भएकोले सम्पूर्ण नेपाली एकतावद्ध भएको कुरा सर्व विदित छ । यसमा सम्पूर्ण देशभक्त नेपालीहरु भारतको मिचाहा प्रवृति विरुद्व हार्दिक रुपले एकतावद्व भएको पनि सर्वविदित छ । यस सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति जनताको सम्मान प्रगाढ भएको छ ।

२०७ औं भानु जयन्तीका दिन प्रधानमन्त्री केपी ओलीले “भारतले नक्कली अयोध्या खडा गरेर नेपालको साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको दाबी गर्नुभएको छ ।  भानुजयन्तीको अवसरमा मदनभण्डारी कला साहित्य प्रतिष्ठानले सोमबार बालुवाटारमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भगवान रामको राज्य अयोध्या नेपालको वीरगंज पश्चिममा पर्ने भएपनि भारतले विवादित अयोध्या खडा गरेको स्पष्ट पार्नुभयो । ‘हामीे अहिलेपनि भ्रममा छौं हामीले भारतका राजकुमार रामलाई दियौं भनेर । तर भारतका राजकुमारलाई होइन सीता–अयोध्याका रामलाई दिएका हौं । अयोध्या भनेको वीरगंञ्जभन्दा पश्चिमको गाउँ हो । जुन नेपालमा नै पर्छ । ’ प्रधानमन्त्रीको भनाइ छ ।

हामीले आफ्नो र छिमेकी देशका समकालीन मिल्दाजुल्दा गाउँठाउँका नाम अनेक ठाउँमा देख्दछौं । भारतले हाम्रो पश्चिम नेपालको परम्परागत सीमा मिचेको सन्दर्भका तथ्य आ–आफ्ना ठाउँमा छन् । तर पौराणिक इतिहासका दृष्टिले ‘अयोध्या’ जुन ठाउँमा थियो, त्यसबारे तत्कालीन रामायणका लेखक वाल्मीकि रामायणअनुसार सरयू नदीको किनारमा वैवश्वत मनुले बसालेको नगर अयोध्या अहिलेसम्म आफ्नै ठाउँमा रहेको छ । राजा दशरथको दरबारमा तीन रानीका सन्तानको बीचमा रामले राज्य पाउने ठाउँमा कैकेयीको आग्रहले भरतलाई राज्य दिएको र रामलाई वनवास गरेका तथ्य वाल्मीकिले यथार्थ रुपमा लेखेका छन् ।

पौराणिक ग्रन्थका अनुसार अयोध्याको राजवंश र मिथिलाको राजवंश छुट्टिएका थिए । अयोध्याको इक्ष्वाकु राजवंशको वर्णन विष्णु पुराणले ९२ पुस्ताका राजा वृहदबल सम्मको वर्णन गरेको छ ।  इक्ष्वााकु वंशको विकुक्षीदेखि राजा दशरथसम्मको ६ पुस्ताका राजा थिए दशरथ । उनका तीन रानी मध्ये कौशल्या, कैकेरीको विवादबाट विवादबाट राम र सीता लक्ष्मणसहित वनवास गएको ऐतिहासिक कथा सर्वविदित छ । राम बनबासबाट फर्केर राज्य संचालनमा बसेपछि अन्त्यमा उनी पनि सरयूमा विलीन भएको कथा वाल्मीकिले लेखेका छन् ।  यो विश्व विख्यात इतिहासको कथाको अवशेष नेपालका निकटतम प्रान्तमा रहेको एउटा गाउँको सन्दर्भमा उठाउनु नेपालका विद्वान शासक–प्रशासक नेताहरुले संकुचित सोच ठहर्छ ।

प्राचीन तथ्यहरुमा सम्राट अशोकले लुम्बिनीमा स्थापना गरेको स्तम्भ अहिले इतिहासको तथ्य प्रमाण बन्न पुगेको छ । ऐतिहासिक भौतिकवादका नायकहरुले ग्रामीण किम्वदन्तीको आधारमा अयोध्याको इतिहासलाई नेपालका छेउछाउको एउटा गाउँको नाम अघि सार्दा अत्यन्त लज्जाजनक हुन जानेछ । यस्ता कुरामा विश्वस्त नहुन म हार्दिक अनुरोध गर्दछु ।

वाणस्थली, काठमाडौं, २०७७ असार ३० गते

प्रतिक्रिया दिनुहोस्
विशेष

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

बीमा कम्पनीहरु ३ कारणले घाटामा जाने छन् ।

संघबाट हुनुपर्ने कतिपय ऐन कानूनहरु बन्नुपर्ने कुराहरु नबन्दाखेरी प्रदेशलाई अप्ठेरो छ ।

कसले भागबण्डामा के पाउने भन्ने लडाइँ यसरी छरपस्ट भएको छ, मानौं कि हाम्रो नेता, कार्यकर्ता कम्युनिष्ट कार्यकर्ता नभएर मुलुक दोहन…

                 फाइल तस्बिर गुल्मी । इस्मा गाउँपालिकामा शुक्रबार (आज) बिहानै जीप दुर्घटना हुँदा…

काठमाडौं । सरकारले नपालको ऐतिहासिक विरासतको आधारमा भारतसँगको सीमा समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय…