Logo आश्विन १५, २०७७ बिहीबार


एचबीओका च्यानल मोबाइलमा, डिशहोमबाट निशुल्क हेर्न सकिने

काठमाडौं । नेपालमै पहिलो पटक एचबीओका च्यानलहरु मोबाइलबाट हेर्न सकिने भएको छ । डिश मिडिया नेटवर्क लिमिटेडले ल्याएको ‘डिशहोम गो’ अर्थात  ‘डीएच गो’ नामक मोबाइल एपको माध्यमबाट एचबीओका च्यानलहरु मोबाइलमै हेर्न सकिने भएको हो ।

डिशहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले भन्नुभयो, ‘नेपालमा उपलब्ध टेलिभिजन सेवा प्रदायकका ओटीटी एपमा एचबीओका च्यानल उपलब्ध भएको यो नै पहिलो पटक हो । यसमा एचबीओका सम्पूर्ण च्यानल उपलब्ध छन् ।’

डिशहोमले डीएच गोमार्फत आफ्ना प्रयोगकर्तालाई मोबाइलमै २० वटा च्यानल हेर्न सकिने सुविधा दिएको छ । ती २० वटा च्यानलमा एचबीओ, एचबीओ सिग्नेचर एचडी, एचबीओ फ्यामिली एचडी, एचबीओ हिट्स एचडी र सिनेम्याक्स समेत समावेश छन् ।

यससँगै डिशहोम प्रयोगकर्ताले जहाँ र जुन सुकै समयमा मोबाइलमै नयाँ अंग्रेजी फिल्म सहजै हेर्न सक्ने कम्पनीले जनाएको छ । डिशहोमले सेट टप बक्समा उपलब्ध टेलिभिजन च्यानलहरुलाई इन्टरनेटको ओटीटी (ओभर दी टप) प्रविधिमार्फत मोबाइलमा उपलब्ध गराएको हो । कम्पनीका अनुसार यो एप प्रयोगका लागि थप कुनै शूल्क लाग्ने छैन ।

डिशहोम प्रयोगकर्ताले डिशहोम गो ओटीटी एप डाउनलोड गरी सेवा लिन सकिने व्यवस्था रहेको कम्पनिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

काठमाडौं । जनवादी गणतन्त्र चीनमा आज (बिहीवार) राष्ट्रिय दिवस उत्साहका साथ मनाइँदै छ । हरेक वर्ष अक्टोबर १ तारिखमा मनाइने…

काठमाडौं । दशैँ, तिहार र छठलगायतका पर्वलाई लक्षित गरी सरकार सरकारले बिहीबारदेखि उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको…

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर ३ लाख १२ हजार २ सय ४४ जना कोरोना संक्रमित थपिएका छन्। वर्ल्डोमिटर्सको तथ्यांक…