ठेकेदारद्वारा गाउँपालिका अध्यक्षको घाँटीमा खुकुरी प्रहार

मोरङ । केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि एक ठेकेदारले खुकुरी प्रहार गरेका छन् । ठेक्का नपाएको निहुँमा ठेकेदार भवन मल्ल ठकुरीले गाउँपालिकाका उपाध्यक्षको कार्यकक्षमा नै अध्यक्ष कार्कीकाे घाँटीमा खुकुरी प्रहार गरेका हुन् ।
उपाध्यक्षको कार्यकक्षमा छलफलमा रहनुभएका अध्यक्षमाथि ती युवकले एक्कासी खुकुरी प्रहार गरेको गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत पुण्यप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्ष कार्की र ठकुरीबीच कुनै विवाद थिएन् ।
ठेकेदार ठकुरीको खुकुरी प्रहारबाट घाइते हुनुभएका अध्यक्ष कार्कीलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको जनाइएको छ ।