Logo असार ४, २०७८ शुक्रबार


छाङ्गरुमा झोलुङ्गे पुल निर्माण शुरु, हेलिकप्टरबाट सामान ढुवानी

दार्चुला । व्यास गाउँपालिकाको वडानम्बर १ छाङ्गरु गागामा झोलुङ्गे पुल निर्माणको काम अघि बढेको छ । झोलुङगे पुल निर्माणका लागि हेलिकप्टरमार्फत सामान ढुवानी शुरु गरिएको हो । छाङ्गरु र तिङ्करका लागि खाद्यान्न ढुवानी गर्न आएको माउण्टेन एयरको हेलिकप्टरमार्फत पुल निर्माणका सामान ढुवानी गर्न थालिएको छ ।

तिङ्कर खोला र नाम्पा खोला जोडिने तिपुलच्याक्ती भन्ने ठाउँमा झोलुङगे पुल निर्माण गर्न लागिएको हो । झोलुङगे पुल निर्माण समितिका अध्यक्ष शङ्कर ऐतवालले हेलिकप्टरमार्फत सामान ढुवानी शुरु गरिएको जानकारी दिनुभयो । सामान ढुवानीका लागि बाटो नहुँदा अहिले हेलिकप्टरमार्फत सामान ढुवानी गरिन लागिएको हो । हेल्पटास नेपाल र डोलिडारको आर्थिक तथा समाज कल्याण समाज दार्चुलाको प्राविधिक सहयोगमा झोलुङगे पुल निर्माण हुन को काम अघि बढेको हो ।

स्वीस सरकारको ७५ लाख १४ हजार ३ सय ५७ र व्यास गाउँपालिकाको ४ लाख ७९ हजार ६ सय ३९ गरी कुल ७९ लाख ९३ हजार ९ सय ९६ लागतमा पुल निर्माण हुन लागेको हो । सदरमुकाम खलङ्गाबाट २८ कोस उत्तरमा पर्ने छाङ्गरुमा पुल निर्माण गर्न निकै चुनौती देखिएको समाज कल्याण समाज दार्चुलाका अध्यक्ष रघुवीरसिंह ठगुन्नाले बताउनुभयो ।

६७ मिटर लम्बाइको पुल निर्माणका लागि आवश्यक सामग्री प्रतिकिलो २ सयका दरले ढुवानी गरिँदैछ । झोलुङगे पुलका लागि चाहिने लठ्ठालगायतका सामान ढुवानी शुरु गरिएको निर्माण समितिका अध्यक्ष ऐतवालले बताउनुभयो । विगतमा भारतीय मार्ग हुँदै व्याससम्म निर्माण सामग्री ढुवानी हुँदै आएकोमा यो पटक बन्दाबन्दीका कारण हेलिकप्टरको प्रयोग गरेर सामान ढुवानी गरिएको हो ।

आगामी कात्तिक महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको समाज कल्याण समाजका अध्यक्ष ठगुन्नाको भनाइ छ । काठेपुल विस्थापन गरी झोलुङगे पुल निर्माण गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…