‘गोकुल बाँस्कोटालाई दोहोरीमा जित्न सकिएन’ भन्दै गायक भण्डारीले प्रधानमन्त्री ओलीलाई दिए सुझाव

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि मन्त्री पद गुमाएका गोकुल बाँस्कोटा पछिल्लो समय फेसबुक तथा ट्वीट टिप्पणीमै खुम्चिनु परेको छ । सरकारको प्रवक्ता बनेर सत्तामा हालीमुहाली गरेका बाँस्कोटाले ५ महिनाअघि नचाँहदा–नचाहँदै सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिनु परेको थियो । सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणपछि बाँस्कोटाले राजनीतिमा ७० करोडको उपाधि गुथेका छन् ।

७० करोड प्रकरणपछि बाँस्कोटा सार्वजनिक कार्यक्रममा विगतमा जस्तो गर्जनका साथ सहभागी हुने अवस्था छैन । कतै कार्यक्रममा उनलाई देख्ने बित्तिकै कार्यकर्ताले नै भन्न थाल्छन्– ऊ ऊ ७० करोड…..। अकस्मात् परिस्थिति यस्तो भएपछि उनी पछिल्लो समय प्रधानमन्त्री ओलीको बाल्कोटस्थित निवासमै सिमित भएका छन् । ओली निवास कुर्नु तथा हरेक क्रियाकलापमा प्रधानमन्त्रीको बचाउ गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको विरोधमा सामाजिक संजालमार्फत दिनहुँ २, ४ शब्द फ्याक्नु उनको जिम्मेवारी र दैनिकी बनेको छ ।

पार्टीका कार्यकर्ता र जनताले नरुचाए पनि उनले फेसबुक तथा टुवीट्मार्फत् गुटको संकीर्णता व्यक्त गरिरहन्छन् । उनले फेसबुक तथा टुवीट्मा लेख्ने बित्तिकै प्रतिक्रियाको ओइरो लाग्छ–७० करोड ….। तै पनि उनले लेख्न छाड्दैनन । पार्टीमा पछिल्लो समय अध्यक्षद्वय ओली र दाहालबीचको असमजदारीबारे पनि बाँस्कोटाले लेखेका छन्–  भगवान भण्डारी आजकल कहाँ छन मलाई थाहा छैन। तर नेकपा उनले गाएको गीत जस्तै छ ‘तिमी धरान म भएँ चितौन,वनमा काँडा छ तर विरानो नसम्झ माया गाढा छ।’

एमालेको पृष्ठभूमिकै चर्चित गायक भण्डारी पनि के कम । पछिल्लो समय अमेरिकामा बस्दै आएका भण्डारी उहीँबाट फेसबुकमै त्यसको जवाफ दिएका छन्– म यतै औरीका तिर छु गोकुल जी , के गर्ने दोहोरीमा तपाईहरूलाई जित्न सकिएन क्यारे , बेला बेलामा फेसबुक पोष्टमा सम्झिराको हुन्छु हेर्दै गर्नुहोला । हुन त तपाईलाई नसम्झने नेपाली को होला र ? मलाई र मेरो गीतलाई सन्झिनुभएको मा धेरै धेरै धन्यवाद।

कुनै बेला आफ्नो कला एमालेका संगठन बिस्तारमा लगाएका भण्डारीले सामाजिक संजालमार्फत नै प्रधानमन्त्री ओलीलाई समेत केही सुझाव दिएका छन् । ‘सुन केपी बुढा तिम्रा मुख्य सत्रु प्रचण्ड, वामदेव , झलनाथ, माकुने , शेरबहादुर कोही पनि हैन तिम्रा खतरनाक सत्रु त तिम्रै बहालवाला मन्त्रीहरू हुन्’ भण्डारीले फेसबुकमा लेखेका छन्– गोकुल, भानुभक्त ,इश्वर पोख्रेल लगायतले मनपरी गर्दा नी काखी च्यापिरह्यौ।
अरू सबैले मौकामा छिर्के हान्न खोजेको मात्रै हो। चाहिने र सक्ने भन्दा बढी गफ लाउन बन्द गरेर ,आफ्नो काममा लाग्नु। गलत मन्त्रीहरूलाई तुरून्तै गलहत्याईदिनु। अझै नी सुध्रिने मौका छ। बुझ्यौ गफाडी बुढा ?’

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ  ।रोजगारीमा लाभ हुनेछ । वृष– सामान्य आम्दामी हुनेछ , इच्छाएको काम पुरा हुने्छ…

नेपाल, भारत, अमेरिका तथा खाडीका केही देशमा संस्कृत दिवस मनाइएको आयोजकले बताएका छन् ।

डोटी । नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको शव भेटिएको छ । अस्पतालमा कार्यरत …

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि महानगरपालिकाबाट…

कैलाली । बाढीले विस्थापित भएका भजनीका पीडितले भाेक लागेकाे पाँच दिनपछि बल्ल पेटभरि खान पाएको बताएका छन् ।  भजनीको वडानम्बर…

जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको छ ।