नेकपा रथ यात्रामा ओली–दाहालको भूमिका

म विगत एक दशकभन्दा अघिबाट ओली कमरेडको सर्मथक थिएँ, मेरो सर्मथन भनेको विषय केन्द्रित  र सापेक्ष थियो । मैले व्यक्ति हैन उनको विषय, विचारलाई समर्थन गरेको थिएँ । त्यो बेला राष्ट्रिय राजनीतिमा एउटा जटिल मोड थियो । २०६४ सालको निर्वाचनपछि तत्कालीन माओवादी सबैभन्दा ठूलो दल बनेको थियो । तर प्रचण्डको अस्थिर मनोविज्ञानले गर्दा त्यसले अपेक्षित पारिणाम दिन सकेन किनकी अहिले जुन शैली ओली कमरेडमा छ त्यो बेला प्रचण्डमा पनि त्यही थियो । उनले अरुलाई दल या नेता देख्न छाडे यसले बिस्तारै समस्या बढाउन थाल्यो । पार्टी भित्रपनि उनले वैद्य बाबुराम पक्षलाई बेवास्ता गर्ने र आफ्ना समूहको पक्षपोषण गर्न लागे त्यसले पार्टीमा बिग्रह ल्यायो । नयाँ संविधान निर्माणको कुरामा माओवादीले जातिवादी नारा उचाल्न थाल्यो। जहाँ गयो त्यही मान्छे उचाल्ने र भिडको पछि दौडने माओवादीका नेताको दैनिकी बन्यो जसको नेतृत्व गरे जुन त्यो  परिस्थितिमा दुखद् कुरा थियो । वर्ग बिर्सेर जातमा हाम्फाल्ने काम कम्युनिष्ट आन्दोलनको हितमा कदापी थिएन ।

१० वर्षे सशस्त्र द्वन्द्वले  जनतामा चेतनाको स्तरमाथि उठाउने र विद्रोही भावना जगाएको सत्य हो । जातीय भेदभाव, सामन्तवादी शैली विरुद्व लड्न र जनताको पक्षमा वकालत गर्न यसले उत्प्रेरित गर्यो जुन सकारात्मक पाटो हो । न्यायका लागि विद्रोही भावना जगाउन सक्नु समाज परिवर्तनको एउटा खुड्किलो हो तर यसमा भएको हजारौँ जनशक्तिको क्षतिलाई हामीले बेवास्ता गर्न सक्दैनौ जुन दुखद् कुरा हो । बहुदलीय व्यवस्था आइसकेको मुलुकमा त्यहीँबाट सडक, सदनमा संघर्ष गरेर जनतालाई संगठित गर्दै यो गणतन्त्रसम्मको यात्रा हिड्न सकिन्थ्यो तर उनीहरुले विद्रोहको बाटो रोजे । जुन अन्ततः सडक संर्घषमा रुपान्तरण भएर गणतन्त्रको प्राप्ति भयो, यसमा १० वर्षे सशस्त्र द्वन्द्वकाे ठूलो आधार भने अवश्य छ ।

संविधानमा जातीय प्रदेश बनाउने, धेरै प्रदेश बनाउने विषयमा अरु नेता मौन र ढुलमुल रहँदा केपी ओलीले त्यसको डेटर सामना गरेर जातीय राज्य ठाडै अस्वीकार गरे । नेपालजस्तो सानो देशमा धेरै प्रदेश बनाउने अव्यव्यहारिक कुरालाई उनले अस्वीकार गरे जुन  बहुसंख्यक जनताको लागि खुशीको कुरा थिए । पार्टीका नेताले पनि त्यसको विरोध त गरे तर ओली जति स्पष्ट र आक्रामक तरिकाले कसैले त्यो एजेण्डा बोक्न सकेनन् ।

नेपालजस्तो बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय र हरेक हिसाबले विविधताले भरिएको मुलुकमा सामाजिक सदभाव राखेर बसेका बेला कुनै जाति विशेषलाई उचालेर प्रचण्डले यस्तो नारा बोक्न खोज्नु गम्भीर भुल थियो । उनले एउटा ठूलो कम्यनिष्ट पार्टीको नेताले त्यो गर्न कति पनि  उचित थिएन । उनले भारी मतलाई बोक्न सकेनन् र बहकाउमा भड्किएर हिड्न थाले जसले बिस्तारै तत्कालीन माओवादीलाई फुट र पतनको दिशामा धकेलेको इतिहास साक्षी छ ।

माओवादी जनताको नजरमा कमजोर हुनुको कारण जातीय राज्यको नारा थियो भने पार्टीमा कमजोर हुनुको कारण त्यही जातीय नारा बोक्ने विषय, प्रचण्ड एकलौटी शासन, विरोधी माथिको दमन, भद्दा संगठन बनाउने, त्यसको बैठक छलफल नहुने, फरक मतलाई सिध्याउन खोज्ने कारणले आखिर त्यति ठूलो संघर्ष स्थापित पार्टी अन्तत आफै इतिहासमा सिमित भयो । माओवादीको जातीय नारा सबैभन्दा आपत्तिको विषय थियो । वर्गीय कुरा छोडेर जातिवादमा उत्रनु उसको सबैभन्दा ठूलो बिचलन थियो । एउटा कम्युनिष्ट पार्टीको नेताले वर्ग बिर्सेंर अर्को कुनै कुरा रोज्छ र अझ हरेक हिसाबले विविध भएको मुलुकमा झन् जतीय कुरा उचाल्छ भने यो मुर्खता कम्युनिष्ट आन्दोलनको लागि दुर्घटनाको संकेत निश्चित थियो त्यो अर्को २०७० को चुनावले प्रष्ट पार्यो जसमा जातिवादी नारा र पार्टी विभाजनको मुख्य भूमिका खेल्यो । जब कम्युनिष्ट पार्टीमा कमिटी, बैठक, छलफल, सामूहिकता मर्दै जान्छ त्यहीँबाट कम्युनिष्ट पार्टीको मृत्यु शुरू हुन्छ । आज नेकपा करिब करिब त्यही हालतको प्रस्थानविन्दुमा पुगेको छ ।

संविधानमा जातीय प्रदेश बनाउने, धेरै प्रदेश बनाउने विषयमा अरु नेता मौन र ढुलमुल रहँदा केपी ओलीले त्यसको डटेर सामना गरेर जातीय राज्य ठाडै अस्वीकार गरे । नेपालजस्तो सानो देशमा धेरै प्रदेश बनाउने अव्यव्यहारिक कुरालाई उनले अस्वीकार गरे जुन  बहुसंख्यक जनताका लागि खुशीको कुरा थिए । पार्टीका नेताले पनि त्यसको विरोध त गरे तर ओली जति स्पष्ट र आक्रामक तरिकाले कसैले त्यो एजेण्डा बोक्न सकेनन् । ओली त्यो बेला चर्को माओवादी विरोधी भएकाले त्यो एजेण्डा बोकेको भनिएपनि त्यो देश, जनताको हितमा थियो र हामी उनको साथमा थियौं । उनले जे गरे त्यो  देशको दिगो भविष्यका लागि राम्रो गरेका थिए त्यसैले म उनको ठूलो शुभचिन्तक, समर्थक थिएँ ।

झलनाथ खनालको सरकार बनेपछि ओलीले आफ्नो सरकार आफै ढाल्नुपर्छ भन्दै भाषण गर्दै हिड्न थाले । उनले यो सरकार असफल भयो भन्दै भाषण गरेर सरकार असफल बनाउन आफू लागे किनकी उनलाई माओवादी गठबन्धन मन परेको थिएन । देशका विभिन्न ठाउँमा गुटको भेला गर्ने, भाषण गर्ने, समानान्तर कमिटी बनाउने, पार्टीको विधि पद्दति लत्याउने कुरामा ओली नै अग्रमोर्चामा थिए ।

सरकार बन्ने बेला पार्टीमा आन्तरिक छलफल नगरी अध्यक्षले माओवादी गठबन्धन गरेको भन्ने उनको कुरा जायज थियो । त्यसमा अरु नेताले गल्ती गरेकै हुन तर ओलिको कार्यशैली नै आफू केन्द्रित छ भन्ने बुझेपछि अरु नेताले पनि आफू केन्द्रित व्यवहार गरेको देखिन्छ जुन दुखद् छ । आखिर सबैले विधि पद्धति, पार्टीको सामूहिक निर्णयबाट हिड्ने हाम्रो बाटो यसरी क्रमश भत्किंदै गयो। २०७० को चुनावमा पार्टी फुट र जातीय नाराको मलजलले माओवादी निकै कमजोर भयो । अब उसको जातीय नारा जनताले अस्वीकार गरे ।

कम्युनिष्ट पार्टीको सामान्य आधारभुत सिद्दान्त, जनवादी केन्द्रीयता, लेनिनवादी संगठनात्मक सिद्दान्त आदि सबै बेपत्ता बनाइयो । पार्टीका कुनैपनि कमिटी सक्रिय, व्यवस्था बनाइएन त्यसले बिस्तारै पार्टीलाई कोमामा लगियो । दुई तिहाईको सरकारको पार्टी किन यति निकम्मा भयो यसको कारण खोज्न हामीले जति ढिलो गर्छौ त्यत्ति चाँडो हामी इतिहासमा बिलाउँदै जानेछौं ।

बिस्तारै संविधान बन्यो यसमा पनि सबैभन्दा आक्रमक र सक्रिय केपी ओली नै रहे । अरुको ढुलमुले  पाराले संविधान निर्माण झन पर धकेलिने निश्चित थियो । तर संविधान बनाउन सबैको भूमिका भएपनि ओलीको आक्रामक शैलीले ठूलो भूमिका खेलेको सत्य हो । संविधान बनेपछि भारतले  नाकाबन्दी गर्यो । कतिपय आत्तिए, कोही सिमामा धर्ना बसे तर केपी ओलिले देश र पार्टीको बलमा एउटा अदम्य शाहस देखाए जसलाई जनताले साथ दिए । निकै लामो नाकाबन्दीको लागि ओलीले डटेर सामना गरे, जुन आम जनताको साथ बिना सम्भव थिएन । जनताले तिमी नझुक सरकार बरु हामी भोकै बस्न तयार छौं भनेर सबैले आआफ्नो ठाउँबाट उनलाई साथ दिए। कांग्रेस, मधेसवादी दलका नेता भारतको शरणमा भएपनि उनले एउटा अडानबाट राष्ट्रिय स्वाभिमान बचाए जसले २०७४ को चुनावमा पार्टीलाई बहुमत प्राप्त भयो । यसमा उनको देश बनाउने भाषण, स्थिर सरकार, भ्रष्टचारको अन्त्य र राष्ट्रवादको नारा लोकप्रिय भएको थियो ।

तत्कालीन एमालेको नवौं महाधिवेशनबाट थोरै मत अन्तरले माधव नेपाल भन्दा अघि रहेर ओली एमालेको पार्टी अध्यक्ष भए । शुरुमा उनले सबैलाई मिलाएर पार्टी चलाउने भनेपनि बिस्तारै काखा पाखा र निरंकुशता अपनाउदै निर्वाचित अध्यक्षको दम्भ देखाउन थाले । २०७४ सालको चुनावसम्म विभिन्न उतारचढाव भए। पार्टीमा जिम्मेवारी दिने, चुनावमा टिकट बाँड्ने बेलामा आफ्ना आलोचकलाई तह लगाउन ओलीले सक्दो बल प्रयोग गरे । एउटा कम्युनिष्ट पार्टीको नेताले आलोचना स्वीकार गर्न नसक्नु दुखद् कुरा हो । कतिपय योग्य मान्छेलाई जिम्मेवारी बाहिर राख्न तिनलाई के गर्दा पार्टी या चुनावमा जिम्मेवारी दिनबाट रोक्न सकिन्छ त्यतातिर लागे । पार्टीभित्र अरु समकक्षीलाई देख्न छोडे, मानौं यो पार्टी उनी एक्लैले यहाँसम्म बनाएर ल्याएको हो र यसमा अरु कसैको योगदान छैन । दुनियाँमा केही कुरापनि एकल अस्तित्वमा हुन सक्दैन त्यो कतै न कतै जोडिएको हुन्छ भन्ने सामान्य भौतिकवादी सिद्दान्तको यिनले बेवास्ता गरे । कम्युनिष्ट पार्टी अझै सामूहिकतामा विश्वास गर्ने कुराको यिनलाई भेउ नै भएन । पार्टीको बैठक, छलफल उनको लागि अनावश्यक भयो । आलोचना सुन्न मन पर्न छाड्यो अनि आलोचकलाई छानीछानी पाखा लगाउन थालियो त्यही बिन्दुबाट उनको पतनको शुरुवात भयो ।

सरकार बिस्तारै आलोचित हुन थाल्यो र पार्टीले सरकार चलाउनु पर्ने तर ठिक उल्टो गरियो । उनले मनलाग्दो निर्णय गर्दै गएर आफू सर्वैसर्वा हुन थाले तब कम्युनिष्ट पार्टीको लागि यो भन्दा अनैतिक, विरोधाभाषपूर्ण कुरा अरु हुन सक्दैन । यसले गर्दा सरकारलाई गलत काम गर्नबाट रोक्ने र राम्रा कामको जनतामा प्रचार गर्ने काम हुन सकेन र आफूभित्रैबाट अब असहयोगको सामना गर्नुपर्ने अवस्था आयो । देश र जनताको भविष्य सोचेर पार्टी एकता गर्नु राम्रो काम थियो तर त्यसलाई राम्ररी चलाऊने र जोगाउने अझै राम्रो काम हुनुपर्ने थियो । एकलौटी निरंकुश शैलीले उनलाई तान्यो । आसेपासेको कुरामात्र सुन्ने र तिनले आफनो दुनो सोझ्याउदै भजनर्कीतनमा व्यस्त रहे । उनको भजन कीर्तन अब जिम्मेवारी या नियुक्तिको योग्यता, मापदण्ड बन्यो । पार्टी बैठकबाट पटकपटक भाग्ने कुराले सरकार र पार्टी दुवै अझै कमजोर बने । विभिन्न ठूला व्यापारिक घरानाको इशारा मन्त्रीहरु नाच्न थाले ।

कम्युनिष्ट पार्टीको सामान्य आधारभुत सिद्धान्त, जनवादी केन्द्रीयता, लेनिनवादी संगठनात्मक सिद्धान्त आदि सबै बेपत्ता बनाइयो । पार्टीका कुनैपनि कमिटी सक्रिय, व्यवस्था बनाइएन त्यसले बिस्तारै पार्टीलाई कोमामा लगियो । दुई तिहाईको सरकारको पार्टी किन यति निकम्मा भयो यसको कारण खोज्न हामीले जति ढिलो गर्छौ त्यत्ति चाँडो हामी इतिहासमा बिलाउँदै जानेछौं । कालापानी लिपुलेक क्षेत्र समेटर नयाँ नक्शा बनाएकोमा ओली कमरेडलाई धन्यवाद तर त्यसको लागि पार्टीको निर्देशन थियो कि थिएन ? एकल स्वामित्वको दाबी गरेर आफूलाई मात्र सर्वेसर्वा बनाउने कुरा कम्युनिष्ट पार्टीको सामूहिक स्वामित्वविरुद्ध छ तर यसमा ओलीले खेलेको महत्वपूर्ण भूमिकाको उच्च सम्मान सबैले गनुपर्छ र सरकारमा अरु नेता भएको भए यो काम गर्ने थिए कि थिएनन् भनेर पर्याप्त शंका गर्न अवश्य सकिन्छ । तर एउटा नक्शा देखाएर आफ्ना सबै विकृति छोप्न मिल्छ त ? आज कोरोना, विभिन्न भ्रष्टाचारका काण्ड, काेराेना संक्रमणा र लकडाउनकाे कारणा कति मानिस भोकै छन्, कति बेरोजगार भए ।  यही कारणाले दिनहुँ आत्महत्याका घटना बढिरहेका छन् । सरकारकाे ध्यान त्यसमा किन जाँदैन ? कतिपय विश्वविधालयमा उपकुलपति छैनन् र   परीक्षा सञ्चालन हुन सकेको छैन जसले आम विद्यार्थीमा निराशा छाएको देखिन्छ यसमा सरकारको गम्भिरता खोई ? विश्वविधालयको कुलपति हुने तर समय व्यवस्थापन गर्न नसक्ने भए ऐन, नियम परिवर्तन गरौं, कुलपतिको समय नहुँदा धेरै महत्वपूर्ण निर्णय रोकिएर विश्विविद्यालय अस्तव्यस्त छन् ।

पार्टी कार्यालय कहाँ छ भन्ने थाहा नभएकाहरु पैसा या कुनै कारणले नियुक्त भएकाहरुले तपाईंको पार्टिको निति मान्नुपर्ने जरुरत या बाध्यता के छ ? तिनलाई के कसरी देश बनाउने पार्टी निती अनुसार काम गराउनु हुन्छ ? तिनलाई नियन्त्रण , निर्देशन कसले गर्छ ? कि निर्णय मानेन भन्दै हटाउंदै जाने हो ? यो पार्टी यहांसम्म ल्याउन कति जनता , कार्यकर्ताको कति लगानी छ त्यता पटक्कै ध्यान छैन र ति मानिसको पार्टी प्रतिको जवाफदेहिता कहाँ छ ?

पार्टीमा कमिटी, विधि , पद्धती र सामूहिकताको अभावनै आजको समस्याको जड् हो । जब पार्टी कमिटी प्रणालीमा चल्छ त्यहाँ बहस छलफल हुन्छ र सामूहिकताले ब्यतिगत भन्दा सही र वैज्ञानिक निश्कर्ष निकाल्छ । त्यसले सबैलाई अपनत्व महसुस हुन्छ र त्यो बोक्न सबै वाध्य हुन्छन् त्यसैले अब पार्टी पद्दति स्थापित गराैं । व्यक्ति हैन विधि रोजेर हार्दिकता साथ कमरेडेली भावनामा छलफलमा बस्ने वातावरण बनाएर पार्टीलाई एक बनाउन लागौं । आफ्ना आसेपासेको कुरामात्र सुन्नु भनेको बिनास निम्त्याउनु हो । जब आफनै पार्टीमा विधि पद्धती, न्याय छैन भने देश बनाउने कुरा कसरी सम्भव हुन्छ त ? अहिलेको समयमा स्थिर सरकार हाम्रो चाहना हो । विभिन्न बहानामा संबिधान संसोधन गर्नु भन्दा प्रत्यक्ष निर्वाचित कार्यकारीको ब्यबस्था गराैँ यसमा राजपा पनि सहमत होला र हामी यो गर्न सक्छौं जुन देशको दिगो भविष्यकाे आधार हो । जिम्मेवारी बाँडफाँडमा तलसम्मका कार्यकर्ता सबैलाई न्याय दिएर साघुरो घेराभन्दा बाहिर निस्कनु पर्छ नत्र पर्खाल लगाएपछि धेरै कुरा बाहिर पर्छ जुन अकाट्य सत्य हो ।

वर्षौंसम्म दुःख गर्ने कार्यकर्ता कसैले गुटको नाममा पार्टी सदस्यता पाउँदैन, कसैले जिम्मेवारी पाउँदैन यस्तो तरिकाले पार्टी कसरी बन्छ, देश कसरी बन्छ ? । हामी नामको कम्युनिष्ट भयौं, ढोंगी र पाखण्डपन हाम्रो आदत बनेर काममा कमनिष्ठ भयौ । आज सरकार ठुला व्यापारिक घरनाको स्वार्थमा चलेको छ र तिनकै सेवा गर्न हाजिर देखिन्छ । मन्त्रीहरु व्यापारिक एजेन्ट छन् । निजी क्षेत्रका मान्छेलाई धमाधम राज्यको ढुकुटी चलाऊने, निती बनाउने ठाउँमा लगिन्छ । कमरेड, हाम्रो समाजवादको यात्रा कता जाँदैछ ?

अबको सबै समस्याको समाधानको सुरुवाती बाटो भनेको बैठक, छलफल नै हो । सबैलाई पार्टी विधि पद्दतिमा हिँडाउ र आफूले पनि पालना गर । स्थिर सरकार बनोस् तर सबैले गल्ती सच्याउंँदै जानुपर्छ । पार्टीको निर्णयमा मात्र हरेक महत्वपूर्ण काम सरकारले गरोस् र सरकार पार्टीको नीति निर्णय अनुसार चल्नुपर्छ । सबैका लागि सबै लाग्दै अब पार्टीलाई नयाँ र बलियो एकता चाहिएको छ । फुट र विभाजनले बिनास ल्याउँछ त्यसैले रिसको झोंकमा घरमा आगो लाउन भन्दा सबैले शान्त भएर सोच्न जरुरी छ । सबैले आफ्ना गल्तीप्रती जिम्मेवार हुनुपर्छ । पार्टीको यो हालत हुनुमा ओली मात्र नभएर माथिल्लो तहका पदलोलुप, केही पाएपछि चुप रहने र विधि नचाहिने साथै जिम्मेवारी ओगट्ने तर काम नगर्ने सबै नेता जिम्मेवार छन् । तिनले पनि आफू अनुकुल हर्कत गर्न भ्याएकै हुन् तिनीहरु पनि सच्चिनु पर्छ । आजको सबै समस्याको जड् भनेको सबैले आफ्नो व्यवहार सच्याउने, माक्सवादको मर्म, समाजवादको भावना, लेनिनवादी संगठनात्मक सिद्धान्त मुखमा हैन व्यवहारमा लागु गरौं र यसले हामी सबैको उज्यालो भविष्यको सुनिश्चित गर्नेछ अन्यथा विनाशकाल विपरीत बुद्धी नहोला भन्न सकिन्न । सबै सचेत भएर पार्टी जोगाउँदै देश निर्माणम जुटौं, हामी सबैको भविष्य उज्वल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ  ।रोजगारीमा लाभ हुनेछ । वृष– सामान्य आम्दामी हुनेछ , इच्छाएको काम पुरा हुने्छ…

नेपाल, भारत, अमेरिका तथा खाडीका केही देशमा संस्कृत दिवस मनाइएको आयोजकले बताएका छन् ।

डोटी । नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको शव भेटिएको छ । अस्पतालमा कार्यरत …

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि महानगरपालिकाबाट…

कैलाली । बाढीले विस्थापित भएका भजनीका पीडितले भाेक लागेकाे पाँच दिनपछि बल्ल पेटभरि खान पाएको बताएका छन् ।  भजनीको वडानम्बर…

जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको छ ।