Logo फाल्गुन १८, २०७७ मंगलबार


मौद्रिक नीति कार्यान्वयनका जटिलता (भिडियोसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेपछि विज्ञहरुले विभिन्न बहस शुरु गरेका छन् । जनता टेलिभिजनको कार्यक्रम सन्दर्भमा कुरा गर्दै अर्थविद् जनकराज शाहले मौद्रिक नीति समय सापेक्ष रुपमा आएको भएपनि कार्यान्वयनमा जटिलता रहेको बताउनुभएको छ ।

कृषि क्षेत्रलाई सुधार गर्न कृषि विकास बैंकलाई प्रतिनिधित्व गर्ने गरी दिइएको अधिकारलाई फराकिलो बनाउँदै अन्य बैंकहरुलाई पनि दिनुपर्ने अर्थविद् शाहको सुझाव थियो । कृषिको अगुवा बैंक कृषि विकास बैंक पनि अहिले वाणिज्य बैंक भइसकेको बताउँदै शाहले कृषिलाई फराकिलो बनाउन अन्य बैंकहरुलाई पनि समेट्नुपर्ने उल्लेख गर्नुभयो ।

मुलुक कोभिडका कारण अस्तव्यस्त भएको बेला आएको मौद्रिक नीतिले लिएको कर्जा बिस्तारको लेभल शतप्रतिशत कार्यान्वयन हुनेमा संकट आउनसक्ने शाहको संकेत थियो ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ ।

आफू हरेक परिस्थितिको सामना गर्न पूर्ण रुपमा तयार रहेको तथा आफ्नो स्वभाव, आचरण पूर्ण लोकतान्त्रिक भएको उहाँकाे दाबी छ।