Logo मंसिर ११, २०७७ बिहीबार


अध्यक्ष दाहाल निकट नेताबीच छलफल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल निकटका नेताहरुबीच छलफल भएको छ । अध्यक्ष दाहाल निकटका स्थायी कमिटी सदस्यहरुबीच खुमलटारमा सोमबार बिहान छलफल भएको हो ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि पार्टी अध्यक्ष दाहालले आफू नजिकका स्थायी कमिटी सदस्यहरूलाई निवासमा छलफलका लागि बोलाउनु भएको थियो । समसामयिक विषयमा छलफल गर्न पार्टी अध्यक्षले निवासमा बोलाउनुभएको एक सदस्यले जनतासमाचारलाई जानकारी दिनुभएको छ ।

स्थायी कमिटी बैठक निरन्तर स्थगित भइरहेको अवस्थाबारे र प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलको प्रगतिबारे जानकारी दिन छलफल भएको बताइएको छ । दाहालको सचिवालयले भने सामान्य छलफल मात्र भएको जनाएको छ ।

शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले अर्ली महाधिवेशनको प्रस्ताव गरेको र त्यसमा पुष्पकमल दाहालको पनि सहमति रहेको समाचार बाहिरिएपछि आइतबारै खुमलटारमा झलनाथ खनाल, माधव नेपाल, नारायणकाजी श्रेष्ठलगायत केही स्थायी कमिटी सदस्यबीच छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…