Logo मंसिर १२, २०७७ शुक्रबार


बाढीका कारण राजविराजका केही भूभाग डुवानमा

सप्तरी । वर्षाको पानीले सप्तरी सदरमुकाम राजविराजस्थित प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयसहितका भू–भाग डुबानमा परेका छन् ।

सोमबार बिहानैदेखि भएको वर्षाका कारण सडक तथा बजारकै बस्तीहरु जलमग्न भएको हो । सडक जलमग्न हुँदा सर्वसाधारणहरुलाई हिडडुल गर्न कठिनाई भएको छ भने वडा नम्बर ६ स्थित केहीको घर–घरमा पानी पसेपछि खाना पकाएर खान पनि समस्या हुन थालेको छ ।

जनप्रतिनिधिहरुको लापरवाहीका कारण आफूहरुलाई वर्षेनी वर्षायाममा खाटमाथि खाना पकाएर खानुपर्ने बाध्यता खेप्दै आएको उनीहरुको भनाइ छ ।

वर्षा हुने क्रम अझै जारी रहेकाले आफूहरु थप समस्यामा पर्ने भन्दै स्थानीयले जनजीवन सहजताकालागि पहल गरिदिनुहुन नगरपालिकासँग आग्रह गरेका छन । यता, नगर प्रमुख शम्भुप्रसाद यादवले वर्षाको पानीले वडा नम्वर ५, ६ र १२ का करिब ५ सय परिवार प्रभावित भएकाले जनजीवन सहज गर्नेतर्फ कार्य थालिएको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

बीमा कम्पनीहरु ३ कारणले घाटामा जाने छन् ।

संघबाट हुनुपर्ने कतिपय ऐन कानूनहरु बन्नुपर्ने कुराहरु नबन्दाखेरी प्रदेशलाई अप्ठेरो छ ।

कसले भागबण्डामा के पाउने भन्ने लडाइँ यसरी छरपस्ट भएको छ, मानौं कि हाम्रो नेता, कार्यकर्ता कम्युनिष्ट कार्यकर्ता नभएर मुलुक दोहन…

                 फाइल तस्बिर गुल्मी । इस्मा गाउँपालिकामा शुक्रबार (आज) बिहानै जीप दुर्घटना हुँदा…

काठमाडौं । सरकारले नपालको ऐतिहासिक विरासतको आधारमा भारतसँगको सीमा समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय…