Logo फाल्गुन १८, २०७७ मंगलबार


आजबाट मापसे चेकिङ, सार्वजनिक सवारीको अनुगमनमा छड्के टोली

फाइल : तस्वीर

काठमाडौं । सार्वजनिक यातायात सञ्चालनमा आएसँगै आजबाट मापसे चेकिङ सुरु हुने भएको छ । आजबाटै मापसे चेकिङ सुरु गर्न महानगरीय ट्राफिक महाशाखाले उपत्यकाका सबै युनिटलाई निर्देशन दिएको हो । यसअघि विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण ट्राफिक प्रहरीले जोखिम बढ्ने भन्दै मापसे चेकिङ बन्द गरेको थियो । महाशाखाका एसएसपी भीमप्रसाद ढकालका अनुसार ट्राफिक नियमविरुद्ध चल्नेलाई जरिवाना लाग्‍नेछ । ढकालले भने, “हामी पुरानै अवस्थामा सक्रिय हुन्छौं ।

महाशाखाले सडकमा गुड्ने सार्वजनिक यातायातको अनुगमनका लागि महिला ट्राफिक प्रहरीको छड्ने टोलीसमेत परिचालन गरेको छ । टोलीले सार्वजनिक सवारीमा ५० प्रतिशत बढी यात्रु राखेको पाइए तत्काल कारबाही गर्ने एसएसपी ढकालले बताउनुभयो । प्रहरीको आँखा छलेर यात्रु कोचेको देखिए, सामाजिक दूरी कायम भएको नपाइए तत्काल ट्राफिक प्रहरी वा नजिकको प्रहरी युनिटमा खबर गर्न पनि महाशाखाले आग्रह गरेको छ । प्रविधियुक्त निगरानी भ्यान, सीसीटीभी क्यामेराबाट पनि निगरानी बढाइएको ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ ।

आफू हरेक परिस्थितिको सामना गर्न पूर्ण रुपमा तयार रहेको तथा आफ्नो स्वभाव, आचरण पूर्ण लोकतान्त्रिक भएको उहाँकाे दाबी छ।