Logo मंसिर ९, २०७७ मंगलबार


नरायणी नदीले एकजना बगायो

अनिल यादव
नवलपरासी। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका एक स्थानीयलाई नारायणी नदीले बगाएको छ । सुस्ता ४ नर्सहि बस्ने सन्तु चौधरीलाई मंगलबार बिहान नारायणी नदीले बगाएको हो ।

नदीबाट बगेर आएको दाउरा निकाल्ने क्रममा उनलाई बगाएको बेलाटारी ईलाका प्रहरी कार्यालयले जनाएको छ । सुस्ता गाँउपालिका–४ स्थित १३ नम्बर ठोकरबाट उनलाई नदीले बगाएको खुमानन्द पाण्डेले बताउनुभयो ।

पश्चिम नवलपरासीको नरायणी नदीको उच्च जोखिम क्षेत्र भनेकै ठोकर नम्बर ११ देखि १३ नम्बरको ठोकर रहेको छ । उनी दाउरा निकाल्दा चिप्लेपछि नदीले बगाएको थियो । अहिलेसम्म उनको खोजिकार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।

सामुहिक काममा अलमल हुनेछ । विरोधीसँग विवाद हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।