Logo मंसिर १०, २०७७ बुधबार


नेपाल राष्ट्र बैंककाे सातवटा विभाग र कार्यालयकाे नाम परिवर्तन

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आफ्ना सातवटा विभाग तथा कार्यालयको नाम परिवर्तन गरेको छ । साउन १ गतेदेखि लागू हुने गरी गभर्नरस्तरीय निर्णयबाट विभाग तथा कार्यालयको नाम परिवर्तन गरेको हो । नयाँ निर्णय अनुसार अब सामान्य सेवा विभागको नाम सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग भएको छ ।

अनुसन्धान विभागको नाम आर्थिक अनुसन्धान विभाग भएको छ । सूचना प्रविधि विभाग सूचना प्रविधि महाशाखामा परिणत भएको छ । उपत्यका बाहिरका कार्यालयहरुको नाम प्रदेशस्थित कार्यालयमा रूपान्तरण भएको छ ।

लघुवित्त प्रवर्द्धन तथा सुपरिवेक्षण विभागलाई लघुवित्त संस्था सुपरिवेक्षण विभागमा नामाकरण गरिएको छ । संस्थागत योजना विभागको नाम संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग भएको छ । बैंकिङ कार्यालय अब बैंकिङ विभागकाे रूपमा परिवर्तन गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

माइलोमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।