Logo मंसिर ११, २०७७ बिहीबार


बा अनि माइतीघर

बा भन्ने बित्तिकै सन्तानका पिता, परिवारको मुली, घरलाई ढपक्क छोपेर सुरक्षित राख्ने घरको छाता भन्ने बुझिन्छ । बाउले सन्तानलाई बिनासर्त माया दिन्छन्, पालन–पोषण गर्छन् । आफ्ना सन्तानलाई राम्रो बनाउनमा भरमग्दुर प्रयास गर्दछन–ती हुन् बा । सन्तानलाई शिक्षा दिक्षा दिने पहिलो गुरु पनि बाबा–आमा नै हुन । यहाँ म आफ्ना बाका बारेमा अनुभूतिहरु लेख्दै छु ।

बालाई परिवारभित्रको नायक वा ‘रोल मोडल’ भन्दा पनि फरक पर्दैन । बा सन्तानलाई सफलतामा पु¥याउने एउटा दरो सिपाही, पथप्रदर्शक पनि हुन्, सुरक्षा दिने सिपाही पनि हुन् भन्ने लाग्छ ।

दिवंगत पिताको सम्झनाले कसलाई पो सताउँदैन र ? चाहे खुशी बाँड्दा होस् वा दुःख पाउँदा नै किन नहोस् । सन्तानको उपलब्धिमा साँच्चिकै खुशी हुने पात्र त बाबा–आमा नै हुन् भने सन्तानले दुःख पाउँदा सबैभन्दा बढी पीडा पनि उनैलाई हुन्छ जस्तो मलाई लाग्छ । सन्तानको सुखका लागि नै आमा–बाबाको जीवन बितेको हुन्छ । तिनै सन्तानको मोहले आज कति बाबाहरु अप्ठयारोमा पनि परेका छन् । चाहे नेताहरु होऊन् वा उच्च पदस्थ कर्मचारीहरु होऊन्, तिनै सन्तानहरुको भविष्य बनाइदिँदा आफैँ अप्ठ्यारोमा परेका कैयौं उदाहरुण हामै्र समाजमा छन् तर मेरा बा न त माथिल्लो पदमा रहेको नेता हुनुहुन्थ्यो न त उच्चपदस्थ सरकारी कर्मचारी नै । हुनुहुन्थ्यो त जनताका साहित्यकार, समाजसेवी, शिक्षाप्रेमी, सामाजिक जागरणका अभियान्ता र जनसंस्कृतिप्रेमी । त्यसैले मेरा बा सात पुस्ते अफ्ठ्यारोमा कहिल्यै पर्नु भएन ।

जनताको न्यायका लागि आवाज उठाउँदा, राष्ट्रका कुरा लेख्दा दुःख दिए त्यतिबेलाका शासकहरुले । बाबाका थुप्रै राम्रा कितावहरु चोरी भए, कति पञ्चायती शासकहरुद्वारा नस्ट गरिए ।  बाको सम्पूर्ण समय सन्तानहरुको शिक्षा–दीक्षा, पालनपोषण र असल संस्कृति निर्माण कसरी गर्ने भन्ने ध्याउन्नमै बित्यो । सन्तानको शिक्षाका लागि बाले सधैँ कठोर परिश्रम गरिरहनु भयो । मै मात्र खाऊँ र मै मात्र लाऊँ भन्ने भाव उहाँमा कहिल्यै आएन । गाउँका जनतामा शिक्षाको उज्यालो पु¥याउँनका लागि उहाँ लडिरहनु भयो ।

बा हुँदा घरमा साथीभाइको घुइँचो लाग्थ्यो । पाहुना कहिल्यै टुट्दैनथे । गोठमा गाई हुन्थे । विद्यालयका भाइबहिनीहरु बाबासंँगै संगीतमा रम्थे । तीज, दशैं, तिहार वा जुनसुकै चाड होस्, घरमा पारिवारिक जमघट हुन्थ्यो । हाँसो–ठट्टा गरिरहनु बाका विशेषता नै थिए । महिनाको शुक्रवार बासँग भलाकुसारी गर्न पुग्नै पर्दथ्यो ।

सादा जीवन र उच्च विचार बाले दिएका जीवन दर्शन हुन् । असल व्यवहार, असल चरित्र र पारिवारिक संस्कार मेरा बाले दिएका उपहार हुन् । ढाँट–छल नगर्ने र कुविचार नराख्ने बाले दिएका पाठ हुन् । सबैलाई माया–ममता बाँड्ने ठूलालाई सम्मान गर्ने बाले दिएका विचार हुन् । बा भन्नुहुन्थ्यो– “पैसाभन्दा मान्छेको इज्जत ठूलो हो । मातृभूमिको प्रेम बाका पुस्तकका मूल विषयवस्तु नै हुन् । बालाई चिनाउनुपर्दा एउटा खुला पुस्तक भन्न मिल्छ । यिनै वेदाग परिचय हुन मेरा बाका ।

बा हुँदा घरमा साथीभाइको घुइँचो लाग्थ्यो । पाहुना कहिल्यै टुट्दैनथे । गोठमा गाई हुन्थे । विद्यालयका भाइबहिनीहरु बाबासंँगै संगीतमा रम्थे । तीज, दशैं, तिहार वा जुनसुकै चाड होस्, घरमा पारिवारिक जमघट हुन्थ्यो । हाँसो–ठट्टा गरिरहनु बाका विशेषता नै थिए । महिनाको शुक्रवार बासँग भलाकुसारी गर्न पुग्नै पर्दथ्यो । पाटी–पौवा, बाग–बगान, बाटोघाटोदेखि साहित्यिक समारोह र पत्रकारितासम्म बाको चहलपहल हुन्थ्यो । बाको कोठामा साँझमा सधैं हारमोनियमको मधुरो स्वर गुञ्जिन्थ्यो ।

बा आज हुनुहुन्न । उहाँले रोपेका मीठा आँप फलेका छन् । राम्रा–राम्रा फूलहरु फुलिरहेका छन् । उहाँले लेखेका गीतहरु गुञ्जिरहेका छन् । बा नहुँदा आमाको उदासिनता त जति हाँस्न खोजे पनि मुहारमा देखिन्छ नै तर पनि बा आफ्ना रचनाहरुमा बाँचिरहनु भएको छ । बाले हामीलाई अमूल्य वस्तु छाडेर जानुभयो । पुस्तौंपुस्ता असल संस्कार हस्तान्तरण गर्ने पुस्तक भावी पुस्तालाई छाडेर जानुभयो । बाले एक दर्जन पुस्तकहरु लेखेर छाड्नुभएको छ । बा तिनै पुस्तकमा बाँचिरहनु हुनेछ ।बाका केही कविताका हरफ आजको दिनमा अत्यन्त सान्दर्भिक लाग्दैछन् ।

“हजार छन् डाँडाकाँडा हजार छन् लेक
जति लेक भए पनि देश हाम्रो एक,
एक–एक स्वर मिली यौेटा गीत बन्छ
त्यो गीतले सबैलाई एक होऊ भन्छ ।
(माटोका गीत– एक होऊ भन्छ, पृ.७२)

वि.सं.२०६७ साल साउन ११ गते बा यस धरतीबाट बिदा हुनुभयो । बाको योगदानलाई सकेसम्म बढी जनताका बीचमा पु¥याउन तथा वहाँको व्यक्तित्व र कृतित्वलाई चिरस्थायी बनाउनका लागि कवि लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठान गठन गरिएको छ । त्यसदेखि यता प्रत्येक वर्ष साउन ११ गते बाको स्मृति दिवस संस्थागत रुपमा मनाउने गरिएको छ । बाका कविता र गीत पढ्दा बासँगै भएकोजस्तो अनुभूति हुन्छ । यस पालि कोरोना भाइरसले ल्याएको महामारीका कारण देश अझै पनि असहज अवस्थामा रहेकाले धेरै लेखक तथा कविहरुसंँग भौतिकरुपमा भेटघाट गर्न नसकिने अवस्था रह्यो । आफ्नै कोठाभित्र विज्ञान र प्रविधिको प्रयोग गरेर कम्प्युटरमै उपस्थित भएर बालाई सम्झिने कार्यक्रम रहेको छ । बाको कविताका शब्दबाट सबै साहित्यप्रेमी आदरणीय व्यक्तित्वहरुमा हार्दिक निमन्त्रणा गर्दछु । जुम आइडी र पासवर्ड पछि पठाइनेछ तथा विभिन्न सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण पनि गरिनेछ ।

हाम्रा लेखक बुद्घिजीवी गहिरा साहित्यको खानी हो,
हाम्रो सुप्त समाजका मिरमिरे हे दृष्टिका नानी हो,
खोलीदेऊ उघार पूर्वतिरको ढोका उज्यालो गरी
विद्या, ज्ञान विवेक न्यायहरुले यो देशलाई भरी ।।
(दशैंको आशिक, कविता संग्रह, पृ. १७)
बाप्रति हार्दिक श्रदाञ्जली !

(लेखिका कवि लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठानकी अध्यक्ष हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्
विशेष

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…