Logo मंसिर १४, २०७७ आइतबार


कोरोनाको अब दोहोलो, बन्यो ३० सेकेण्डमै परीक्षण गर्ने यन्त्र

काठमाडौं ।  इजरायलको एक कम्पनीले ३० सेकेन्डमै कोरोनाभाइरस परीक्षण गर्ने यन्त्र विकास गर्न लागेको छ । मानिसले मदिरा सेवन गरेको छ छैन भन्ने थाहा पाउन हाल प्रयोगमा ल्याइएका ब्रेथलाइजर मेसिन झैं यो ब्रेथलाइजर मेसिनले पनि मानिसको श्वासलाई विश्लेषण गरेर तुरुन्तै नतिजा देखाउने निर्माता कम्पनीले दाबी गरेको छ ।

यस उपकरणको प्रयोगले महामारीको हालको अवस्थालाई सामान्यीकरण गर्न ठूलो मद्दत गर्ने विश्वास लिइएको छ । परीक्षण किट निर्माण गरिरहेको नानोसेन्टले हाल इजरायलमा परीक्षण गरिएको यस मेसिनले ८५ प्रतिशत सही नतिजा दिएको जनाएको छ । यस उत्पादनलाई एक दुई महिनाभित्रै नियामक निकायबाट स्वीकृति लिने गरी काम भइरहेको कम्पनीले बताएको छ ।

प्रमुख कार्यकारी ओरेन गाभ्रिलीले ब्रेथलाइजरबाट जाँच भए पनि प्रयोगशाला परीक्षणको अलग्गै महत्व हुने बताउनुभयो । तर व्यापक समुदायमा परीक्षण गर्न यस मेसिनले मद्दत गर्ने भएकाले आममानिसलाई आत्मविश्वास सिर्जना गर्ने उहाँले बताउनुभयो । इजरायलको नानोसेन्ट कम्पनीले वर्षौंदेखि औषधि विज्ञान सहित उच्चस्तरका संवेदनशील उपकरण निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

संक्रमणको जोखिम कम भएका विभिन्न स्थानीय तहमा पठनपाठन शुरु भएपनि काठमाडौं उपत्यकाको हकमा भने तत्काल विद्यालय नखुल्ने संकेत देखिएको हो…

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

ढकालले निर्यातमुलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरी निर्यात बढाउने तर्फ आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’ का लागि आज काठमाडौं आइपुगेका छन् । केही…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…