तपाईको यो साता (साउन ११ देखि १७ गतेसम्मको राशिफल)

मेष– साझेदारी व्यवसायमा प्रगति देखिनेछ । पारीवारिक जमघट रहनेछ । प्रेममा प्रगति एवं ससुराल पक्षबाट फाइदा मिल्नेछ । व्यवसायिक यात्रा गर्नुपर्ने देखिन्छ । साताको मध्यमा भने काममा अवरोध आउने तथा गुप्त शत्रुले काम बिगार्नेछन्, अपमानको भय हुनेछ । साताको अन्त्यमा भने काम सुचारु हुने एवं आँटेको कुरामा फाइदा मिल्नेछ । वैदेशिक धन प्राप्ति हुनेछ ।

वृष–काममा अलमल हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ । मातृपक्षसँग मनमुटाव एवं स्त्री पक्षसँग सम्बन्ध बिग्रिनेछ । साताको मध्यमा भने व्यापारमा फाइदा एवं परिवारमा खुशियाली बढ्नेछ । नयाँ वस्तुको प्राप्ति एवं कृषि तथा चौपायाबाट आम्दानी आउनेछ । साताको अन्त्यमा भने शुरु गरेको काम रोकिने, स्वास्थ्यमा समस्या आउने तथा अनावश्यक खर्च बढ्नेछ । इज्जत प्रतिष्ठामा आँच आउनेछ ।

मिथुन– आम्दानीको स्तर बढ्नेछ । नयाँ काममा लगानीको अवसर मिल्नेछ । कला, संगितमा रुचि जानेछ । सन्तानको सहयोगले काम बन्ने तथा विद्यामा प्रगति हुनेछ । खेलकूदमा सफलता मिल्ने तथा स्वास्थ्यमा सामान्य समस्या आउनेछ । विरोधीहरुको भय हट्ने तथा मनमा आत्मबल बढ्नेछ । साताको अन्त्यमा भ्रमण हुने, साथीभाइ भेटघाट रहने तथा व्यापार व्यवसायमा सन्तुष्टि मिल्नेछ ।

कर्कट – स्वास्थ्यमा तलमाथी हुनेछ । मित्रवाट धोका एवं पारीवारिक समस्या आउनेछ । आपसी सरसल्लाह नमिल्नाले काम रोकिनेछ । जग्गाजमिनको विवाद एवं मानसिक तनाव बढ्नेछ । साताको मध्यमा भने आयश्रोत बढ्ने, विद्यामा रुचि जाने एवम सन्तानको माया मिल्नेछ । साताको अन्त्यमा भने काममा समस्या आउने, अरुले बिगार्न खोज्ने तथा स्वास्थ्यले समस्या दिनेछ ।

सिंह– सरसहयोगले पुरानो गर्जो टर्नेछ । छोटो यात्रा हुनेछ । भाइभाइको सहयोग मिल्ने तथा काममा बोझ थपिनेछ । नयाँ ठाउँको भ्रमण हुने तथा वादविवाद पर्न सक्नेछ । घरमा कुरा नमिल्नाले अरुले फाइदा लिनेछन् ।भोजनको गडबडीले स्वास्थ्यमा समस्या आउनेछ । साताको अन्त्यमा भने सन्तानको सहयोग मिल्ने, विद्यामा प्रगति तथा धनसम्पतिको कारोबारमा फाइदा हुनेछ ।

कन्या– व्यवसायिक कामले टाढाको यात्रा हुुनेछ । पारिवारिक भेटघाट रहनेछ । धन सम्पत्तिको कारोबार बढ्ने एवं छोटो यात्राको तय हुनेछ । मानसिक आत्मबल बढ्नाले काम छिटो पूरा हुनेछ । दाजुभाइबीच सहकार्य रहनेछ । साताको अन्त्यमा भने पारीवारिक समस्या एवं मानसिक अशान्ति बढ्नेछ । सरसल्लाह नमिल्नाले योजनामा अवरोध आउनेछ ।

तुला– यात्रामा समस्या आउनेछ । सरसामानको क्षति हुनेछ । मनोरञ्जनमा खर्च हुनेछ । नयाँ मित्र भेटघाट एवं साथीभाइसँग घुमफिर रहनेछ । भोजभतेरमा सहभागिता भइने एवं व्यापार व्यवसायमा सन्तुष्टि मिल्नेछ । पैसाको सहयोग आउने तथा साताको अन्त्यमा भने विदेश सम्बन्धी कामबाट फाइदा एवं जिम्मेवारी थपिनेछ ।

वृश्चिक–काममा फाइदा कम मिल्नेछ । अनावश्यक खर्च बढ्नेछ । आर्थिक कारोबार घट्ने एवं यात्रामा समस्या आउन सक्नेछ । आश्वासनमा आघात पुग्नेछ । साताको मध्यमा भने काममा प्रगति हुने, पारीवारिक सहयोग मिल्ने र धन सम्पतिको योगमा वृद्धि हुनेछ । वैवाहिक कुरा चल्ने तथा इष्टमित्रसँग सम्बन्ध बढ्नेछ ।सन्तोष मिल्नेछ । सवारी साधनको सुख मिल्ने तथा सन्तानको प्रगति देखिन्छ ।

धनु –व्यापारमा लगानि बढ्नेछ । आम्दानीको स्तर बढ्नेछ । मित्रजनको सहयोगले अधुरा काम सुचारु हुनेछन् । धनसम्पतिको सहयोग मिल्ने
एवं आकश्मिक लाभ पाइनेछ । साताको मध्यमा भने सञ्चित धनको नाश एवं विमारमा खर्च हुन सक्नेछ । स्वास्थ्यले धोका दिने
एवं काममा बाधा आउनेछ । साताको अन्त्यमा भने अरुको सहयोग मिल्नाले आँटेको काममा फाइदा हुनेछ ।

मकर– राजनीतिमा जिम्मेवारी मिल्नेछ । सरकारी काममा प्रगति हुनेछ । मानसम्मानको योग रहेको छ । काममा प्रशंसा मिल्नाले अरुको नजरमा परिनेछ । व्यापार व्यावसायमा प्रगति एवं भोगविलासमा खर्च हुनेछ । नयाँ मित्रसँग भेटघाट एवं आँटेको काममा फाइदा मिल्नेछ । साताको अन्त्यमा भने हानी नोक्सानी बेहोर्नुपर्ने तथा यात्रामा सास्ती हुन सक्नेछ ।

कुम्भ– धर्म कर्ममा समय एवं खर्च जानेछ । विदेशवाट आर्थिक सहयोग मिल्नेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वैदेशिक कामबाट फाइदा मिल्ने एवं ठूलाबडाको साथ मिल्नेछ । राजनीतिमा पहुँच बढ्ने तथा कारोबारको वृद्धि हुनेछ । आर्थिक झन्झट टरेर जाने एवं कृषि चौपायामा सफलता मिल्नेछ । सवारी साधनको सुख मिल्ने एवं आर्थिक काममा फाइदा बढी हुनेछ ।

मीन– आम्दानी भन्दा खर्च बढी हुनेछ । मानसम्मानमा गिरावट आउने एवं आफ्नो काममा जस अरुले लिनेछ । अनावश्यक विवाद आउनेछ । स्वास्थ्यमा समस्या एवं काममा अवरोध मिल्नेछ । आलोचनाको भय रहनेछ । साताको मध्यमा भने लामो यात्राको तय हुने एवं धर्म कर्ममा खर्च हुनेछ । नयाँ काममा फाइदा मिल्ने एवं भाग्यले साथदिनाले काम सुचारु हुनेछ । साताको अन्त्यमा भने सरकारी क्षेत्रमा फाइदा नोकरीबाट लाभ एवं काममा प्रतिष्ठा मिल्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क– ९८५१०७१५७४ पशुपति जयवागेश्वरी, काठमाडौं

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ  ।रोजगारीमा लाभ हुनेछ । वृष– सामान्य आम्दामी हुनेछ , इच्छाएको काम पुरा हुने्छ…

नेपाल, भारत, अमेरिका तथा खाडीका केही देशमा संस्कृत दिवस मनाइएको आयोजकले बताएका छन् ।

डोटी । नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको शव भेटिएको छ । अस्पतालमा कार्यरत …

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि महानगरपालिकाबाट…

कैलाली । बाढीले विस्थापित भएका भजनीका पीडितले भाेक लागेकाे पाँच दिनपछि बल्ल पेटभरि खान पाएको बताएका छन् ।  भजनीको वडानम्बर…

जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको छ ।