Logo कार्तिक ५, २०७७ बुधबार


वडाध्यक्षको किर्ते हस्ताक्षर गरी लाखौँ रकम भुक्तानी

कालिकोट । सान्नित्रिवेणी गाउँपालिका वडा नं ५ मा रहेको कालीका प्रारम्भिक उत्पादन कृषक समुहका अध्यक्ष ललिजन बमले वडाध्यक्ष नरेश बमको किर्ते हस्ताक्षर गरेर लाखौ रकम भुक्तानी लिएका छन् । योजना सम्पन्न गर्नका लागि वडाध्यक्षले सिफारिस गर्नु पर्ने भएपनि कृषक समुहका अध्यक्ष बमले गाउँपालिकाको सिफारिसमा वडाध्यक्ष नरेश बमको किर्ते हस्ताक्षर गरि २२ लाख ८ हजार ३ सय ७० भुक्तानी लिएका हुन् ।

वडाध्यक्षलाई पटक पटक सिफारिसका लागि आग्रह गर्दा नगरिदिएपछि आफुले किर्ते हस्ताक्षर गरेर रकम भुक्तानी लिएको बमले बताए । उनले भने ‘वडाध्यक्ष नरेश बमले सिफारिस दिनका लागि योजनाको १० प्रतिशत रकम मागेपछि आफुले दिन नसक्ने भएकाले किर्ते हस्ताक्षर गरेको हुँ ।’

आफुसँग १० प्रतिशत मागेको कुनै पनि प्रमाण नभएको तर बाटोमा वडाध्यक्षले १० प्रतिशत दिने भए सिफारिस दिने भनेको बमको आरोप छ । उनले भने ‘अहिले वडाध्यक्षले किर्ते हस्ताक्षर गर्यो भने पनि उनले वडामा दिने अधिकाँश सिफारिस किर्ते नै हुने गरेका छन् ।’ यता वडाध्यक्ष नरेश बमले आफुले कुनै पनि उपभोक्ता समितिबाट रकम नमागेको बताए ।

उनका अनुसार कालीका प्रारम्भिक उत्पादन कृषक समुहले कार्य सम्पन्न नगरेरै सिफारिस माग्न आएकाले आफुले नदिएको बताए । बमले भने, ‘त्यो योजनाको अहिले पनि कार्य सम्पन्न भएको छैन, यदि कृषक समुहबाट मैले कमिशन मागेको प्रमाण कृषक समुहले पेश गर्न सकेमा जुनसुकै कार्वाही भोग्न तयार छु ।’ राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भूभागमा आंशिक…

छोराछोरीबाट सहयोग मिल्नेछ । स्वास्थ्यमा खर्च वृद्धि हुनेछ । प्रेममा प्रगति रहनेछ ।

१८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो ।

कुल सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ५५ पुगेको छ ।

बिआरआईले नेपाललाई विश्वव्यापी मूल्य श्रृंखलामा पहुँच पुर्याउन सघाउ पुग्ने समेत पूर्व प्रधानमन्त्री भट्टराईले बताउनुभयो ।

कांग्रेसले दशैंपछि शुरु हुने संसदको विशेष अधिवेशन र सडकमार्फत समेत विरोध गर्ने नेता महतले भनाइ छ ।