शाखा प्रमुखको कुर्सीमा कपडामा बेरेको दिसा भेटिएपछि हंगामा

कैलाली । धनगढी उप–महानगरपालिकाका योजना तथा बजेट शाखा प्रमुख सत्यराज जोशीको कुर्सीमा दिसा भेटिएको छ । बिहिबार बिहान शाखा प्रमुख जोशीको कुर्सीमा कपडामा बेरेर राखेको अवस्थामा दिसा भेटिएपछि उप–महानगरपालिकामा हंगामा मच्चिएको छ ।
दिसा कसले र किन राख्यो भन्ने कुरा खुलेको छैन्। केहि दिन पहिले उप–महानगरपालिकाले वितरण गरेको पुरस्कारको विषयलाई लिएर उक्त कार्य गरेको हुन सक्ने प्रारम्भीक अनुमान गरिएको छ । शुक्रबार उप–महानगरपालिकाका प्रशासकिय अधिकृत सुरेन्द्र कार्कीको संयोजकत्वमा उक्त घटनाको विषयमा छानविन गर्न तीन सदस्यीय समिति गठन भएको छ ।
उपमहानगरले घर भएकालाई समेत आवास खर्च, राहतका लागि कुहिएको चामल खरिद गर्नेलाई पुरस्कार दिएको भन्दै चर्को आलोचना भइरहेको बेला उक्त कार्यले उप–महानगरपालिकामा हंगामा मच्चिएको छ ।