श्रद्धा सुमन

कविता

जनकवि लेखनाथ ज्ञवालीको दशौँ स्मृतिदिवसको उपलक्ष्यमा उहाँको बहुमुखी व्यक्तित्वको स्मरण गर्दै शब्द श्रद्धाञ्जलि अर्पण गर्दछु :

यी आँखाहरुमा सुदृष्टि भरने
त्यो रातो प्रभात हो
गाउँ गोठ खेत खल्यान वनका
जागृतिको गीत हो
आस्थाको दियो पालाको धेउरिको
त्यो बत्ति हो साँझको
धुलो काँडा कसिङ्गर बढारने
त्यो कुचो समाजको
त्यो ज्याला मजुरा निमेकीहरुको
संघर्षको पथ हो
त्यो नांगा भोका लट्मुखा र टुहुरा
अनाथको नाथ हो
लाउँदै छड्के निशान भ्रष्टहरुमा
हिर्काउने तीर हो
माटो नेपालको लगाएर टिका
लड्ने कलम बीर हो
यो एउटा फूल हो सुवास छरने
समाजका खातिर
यो एउटा मूल हो खडेरीहरुमा
पाखा पखेरा बीच
यो एउटा कूल हो कला कुशलको
संगीत साहित्यको
सायद भुल थियो त्यो क्रुर नियतिको
विधि वा प्रविधिको
हुँदै हैन कवि म लेख्ने कविता
के सक्छु मैले दिन
पिई काव्य सुधा प्रसन्न मनले
अर्पन्छु श्रद्धा सुमन

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ  ।रोजगारीमा लाभ हुनेछ । वृष– सामान्य आम्दामी हुनेछ , इच्छाएको काम पुरा हुने्छ…

नेपाल, भारत, अमेरिका तथा खाडीका केही देशमा संस्कृत दिवस मनाइएको आयोजकले बताएका छन् ।

डोटी । नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको शव भेटिएको छ । अस्पतालमा कार्यरत …

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि महानगरपालिकाबाट…

कैलाली । बाढीले विस्थापित भएका भजनीका पीडितले भाेक लागेकाे पाँच दिनपछि बल्ल पेटभरि खान पाएको बताएका छन् ।  भजनीको वडानम्बर…

जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको छ ।