Logo मंसिर १२, २०७७ शुक्रबार


चार चिकित्सकसहित १४ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

विद्यानन्द राम
सप्तरी । इमेरजेन्सी वार्डमा भर्ना भएका एक बिरामीमा कोरोना संक्रमण देखिएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका ४ चिकित्सकसहित १४ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ ।

बिष सेवन गरी सिकिस्त भई गत बुधवार अस्पतालमा भर्ना भएका तिलाठी कोइलाडी गाउँपालिकाका ५० वर्षीय पुरुषमा शुक्रबार संक्रमण पुष्टि भएको थियो । उनी संक्रमित देखिएसँगै इमेरजेन्सी वार्डमा खटिएका चिकित्सकसहित १४ जना स्वास्थ्यकर्मीलाई राजविराजस्थित एक होटेलमा क्वारेन्टाइनमा राखिएको अस्पतालले जनाएको छ ।

शुक्रवार मध्येरातिसम्म अस्पताल सिल गरी सेनिटाइज, वासिङ्गसहितका कार्य सम्पन्न भएपछि शनिबारबाट उपचार सेवा सञ्चालन गरिएको मेडिकल सुपरिन्टेन्डेन्ट डा.रञ्जितकुमार झाले जानकारी दिनुभएको छ । अस्पतालमा यसअघि पनि एक सरसफाईतर्फका कर्मचारी र अस्पताल परिसरभित्रै रहेको पोषण गृहकी एक कर्मचारीमा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

बीमा कम्पनीहरु ३ कारणले घाटामा जाने छन् ।

संघबाट हुनुपर्ने कतिपय ऐन कानूनहरु बन्नुपर्ने कुराहरु नबन्दाखेरी प्रदेशलाई अप्ठेरो छ ।

कसले भागबण्डामा के पाउने भन्ने लडाइँ यसरी छरपस्ट भएको छ, मानौं कि हाम्रो नेता, कार्यकर्ता कम्युनिष्ट कार्यकर्ता नभएर मुलुक दोहन…

                 फाइल तस्बिर गुल्मी । इस्मा गाउँपालिकामा शुक्रबार (आज) बिहानै जीप दुर्घटना हुँदा…

काठमाडौं । सरकारले नपालको ऐतिहासिक विरासतको आधारमा भारतसँगको सीमा समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय…