टेलिचलचित्र ‘कलेज लभ’ को नायिकामा श्रवण सुस्त भएकी कलाकार सुजल

काठमाडौं । टेलिचलचित्र ‘कलेज लभ’ मा नायिकाको भुमिकामा विश्व कृतिमानि सुजल बम देखिने भएकी छन् । कलेज जीवन र अपांगता भएका व्यक्तिको कथा समेटेर निर्माण गरिने टेलिचलचित्र ‘कलेज लभ’ मा श्रवण सुस्त भएकी (बहिरा) कलाकार सुजलको मुख्य भुमिका रहने भएको हो ।

चर्चित फिल्म निर्देशक राजबहादुर सानेको लेखन तथा निर्देशनमा बन्न लागेको कजेल लभ टेलिचलचित्रका निर्माता कुमार केसी हुनुहुन्छ । चलचित्रमा अपांगता भएका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोण तथा व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने र अपांगता भएका व्यक्तिको आत्मविश्वास जगाउँदै उनीहरुमा भएको क्षमता अभिवृद्धि हुने विषयवस्तु समेटिएको फिल्म निर्देशक राज बहादुर सानेले बताउनुभयो ।

हाल सुजल खामोशी विथ लाइफ को नारा दिँदै भारतमा आयोजित “Miss Deaf La Gravitea 2020” मा नेपालबाट एक मात्र प्रतिस्पर्धीको रुपमा कडा प्रतिस्पर्धा गरिरहेकी छन् । एक सय ११ जनासँग प्रतिस्पर्धा गरिरहेकी उनलाई जिताउन ला ग्र्याभिटिको अफिसियल फेसबुक पेजमा गई उनको फोटोसहितको पोष्ट बढी भन्दा बढी लाईक तथा सेयर गर्नुपर्ने हुन्छ । उनले आफूलाई यस प्रतियोगितामा विजेता बनाइ नेपालको प्रतिष्ठा बढाउन सम्पूर्ण नेपालीमा आग्रह समेत गरेकी छन् ।

यस प्रतियोगितामा संसार भरबाट सहभागिता जनाएका सहभागी सबै बहिरा रहेका र उनीहरुमा भएको ट्यालेन्टका आधारमा मुल्यांकन गरी प्रतियोगितामा विजेता घोषणा गरिनेछ । यसका साथै ला ग्र्याभिटीको अफिसियल फेसबुक पेजमा प्रत्येक प्रतिस्पर्धीको फोटोसहितको पोष्टमा आउने लाईकलाई समेत मुल्यांकनको आधार बनाइने छ भने फेसबुक पेजमा लाईक गर्ने समय २७ जुलाई २०२० (१२ श्रावण २०७७) राति १२ बजेसम्म रहेको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ  ।रोजगारीमा लाभ हुनेछ । वृष– सामान्य आम्दामी हुनेछ , इच्छाएको काम पुरा हुने्छ…

नेपाल, भारत, अमेरिका तथा खाडीका केही देशमा संस्कृत दिवस मनाइएको आयोजकले बताएका छन् ।

डोटी । नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको शव भेटिएको छ । अस्पतालमा कार्यरत …

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि महानगरपालिकाबाट…

कैलाली । बाढीले विस्थापित भएका भजनीका पीडितले भाेक लागेकाे पाँच दिनपछि बल्ल पेटभरि खान पाएको बताएका छन् ।  भजनीको वडानम्बर…

जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको छ ।