Logo फाल्गुन १३, २०७७ बिहीबार


प्रहरीमाथि हातपात गर्ने २ जना पक्राउ

सल्यान । डिउटीमा खटिएको प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बागचौर नगरपालिका–२ स्थित सडकमा अस्थाई प्रहरी पोष्ट बागचाैरबाट खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा शनिबार दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बागचौर नगरपालिका खरिबोट बस्ने २७ वर्षीय ईश्वर भण्डारी र २३ वर्षीय दोर्ण गिरी रहेका छन् । गिरीले चलाएको रा.४ प २८१२ नम्बरको मोटरसाइकलमा सवार भण्डारीले मादक पदार्थ सेवन गरी दाङबाट बागचौरतर्फ जाँदै गरेको लु.२ च १२०५ नम्बरको जिप चालकलाई दुर्व्यवहार गरी गाडीको चाबी समेत खोसेका थिए ।

घटनाबारे प्रहरीले सोधपुछ गर्ने क्रममा प्रहरीलाई समेत हातपात गरेपछि ईलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अन्तराष्ट्रिय क्षेत्रमा नेपालीहरुको पहिचान निर्माण गर्ने उल्लेखनीय काम गरेको भन्दै वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरी शंकर लाल दासलाई प्रदान गरिएको…

उहाँहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घटनाको अनुसन्धानमा सफलता पाएको डिआइजी सुवेदीले बताउनुभयो ।

समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेस गर्न मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

राम सिटौलाको संगीत तथा अरुणदेव जोशीको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन नारायण जीसीले गरेका हुन् ।

उनीहरुले विभिन्न मितिमा उपहार पर्‍याे भनी प्रलोभनमा पारी पीडितलाई आईएमईमार्फत पैसा पठाउन लगाई ठगी गर्दै हिँडेको प्रहरीले बताएको छ ।

परिस्थितिकाे सामना गर्ने भन्नुकाे अर्थ अविस्वासकाे प्रस्ताव सामना गर्छु वा सत्ताकाे बागडाेर अरू नै कुनै तरिकाले सञ्चालन गर्छु भन्ने हाे…