Logo कार्तिक १०, २०७७ सोमबार


वडाध्यक्ष महरामाथि कार्यकक्षमै कुटपिट

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि कार्यकक्षमै कुटपिट भएको छ । नेपाली कांग्रेस भातृ संगठन तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा गएको समूहले आइतबार वडाध्यक्ष महरामाथि कार्यकक्षमै कुटपिट गरेको हो ।

कुटपिटबाट अध्यक्ष महराको टाउको, घाँटी, पिठ्युलगायतमा चोट लागेको छ । १०/१२ जनाकाे समूहमा गएका उनीहरुले वडाध्यक्ष महरामाथि कुटपिट गर्नुका साथै कार्यालयमा तोडफोडसमेत गरेका छन् ।

शनिबार राति सुरज चौधरीलगायतलाई ठगुन्नाको समूहले मदिरा सेवन गरी कुटपिट गरेका थिए । त्यस समयमा अध्यक्ष महराले सबैलाई सम्झाएर घर फर्काउनुभएको थियो । त्यहि रिस पोख्न उनीहरुले अध्यक्ष महरालाई कार्यकक्षमा नै आक्रमण गरेको स्थानीयले बताएका छन् । घटनापछि प्रहरी वडा कार्यालय पुगेको स्थानीयले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

टिमले खुलामञ्च लगायत उपत्यकाको विभिन्न स्थानमा सर्वसाधारणलाई निशुल्क खाना खुवाइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्यलाई बडादसैँको टीका लगाइदिनु भएको छ ।

गण्डकी प्रदेशमा ४, सुनसरीमा दुई र चितवनमा एक जना गरी थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हामीले संविधानमा स्वास्थ्यको हक राखेका छौं, अस्पताल स्वास्थ्यको हक भित्र पर्नुपर्ने होइन र ? जनताको पहूँचमा आउनुपर्ने तर भएन ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँका अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै चाडवाडहरू केवल पर्व र उत्सव मात्र नभई सामाजिक…

प्रदेश १ र प्रदेश २ को एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।