ओली र प्रचण्ड नजिकिएपछि नेपाललाई याद आयो ‘जबज’

काठमाडौं । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति नजिक पुगे जस्तो भएपछि पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई जनताको बहुदलीय जनवाद (जबज) को याद आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति समशेर राणाले बताउनुभएको छ ।

जनता टेलिभिजनको कार्यक्रम सन्दर्भमा कुरा गर्दै अध्यक्ष राणाले देशमा कोराना संक्रमणको त्रास भइरहेको बेलामा सत्ताधारी पार्टी पद र सत्ताको संकटमा फस्नु दुर्भाग्य भएको बताउनुभयो ।

अर्को प्रश्नमा अध्यक्ष राणाले नेपालको परराष्ट्र नीतिको अधारशिला भनेको असंलग्न नीति भएको बताउँदै उत्तर र दक्षिणका दुई छिमेकी देशबीच सन्तुलित भएर परराष्ट्र नीति अगाडि बढाउने नेपालकाे परम्परा भएको बताउनुभयो । ‘तर अहिलेको सरकारको गतिविधि हेर्दा असंलग्न नीति अवलम्बन गरेको देखिदैन’, अध्यक्ष राणाले भन्नुभयो, ‘असम्लग्न नीतिको तराजु एकातिर झुकेको देखिन्छ ।’ यस्तो हुनु आपत्तिजनक भएको उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ  ।रोजगारीमा लाभ हुनेछ । वृष– सामान्य आम्दामी हुनेछ , इच्छाएको काम पुरा हुने्छ…

नेपाल, भारत, अमेरिका तथा खाडीका केही देशमा संस्कृत दिवस मनाइएको आयोजकले बताएका छन् ।

डोटी । नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको शव भेटिएको छ । अस्पतालमा कार्यरत …

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि महानगरपालिकाबाट…

कैलाली । बाढीले विस्थापित भएका भजनीका पीडितले भाेक लागेकाे पाँच दिनपछि बल्ल पेटभरि खान पाएको बताएका छन् ।  भजनीको वडानम्बर…

जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको छ ।