Logo माघ १३, २०७७ मंगलबार


स्याङ्जामा एसपीसहित १८ प्रहरी तथा कर्मचारीमा कोरोना देखियो

काठमाडौं । कोरोना भाइरस संक्रमणले नेपालमा पछिल्लो पटक सुरक्षाकर्मीलाई सताउन थालेको छ । प्रहरीको उच्च तहमा नै देखिन थालेको छ ।  स्याङ्जामा जिल्ला प्रहरी प्रमुखसहित १८ कर्मचारी तथा सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा कार्यालय प्रहरीलाई ज्वरो आएर स्वासथ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । ज्वरो आएपछि जिल्ला प्रहरी प्रमुखसहितका सुरक्षाकर्मीको साउन ४ गते स्वाब लिएर परीक्षण गरिएको थियो । स्वाब परीक्षण गर्दा ३ प्रहरीसहित १८ कर्मचारीमा कोरोना देखिएको हो ।

यो सँगै नेपाल प्रहरीका १ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एसपीसहित प्रहरीमा कोरोना देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको छ ।  साउन ७ गतेदेखि कार्यालय सिल भएदेखि नै कार्यालयमा सर्वसाधारणलाई प्रवेश गर्न निषेध गरीएको थियो । कार्यालय सिल गरेर स्याङ्जामा कार्यरत सबै ९८ प्रहरी तथा कर्मचारीको स्वाब परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शम्भु थापाले पार्लियामेन्टको हत्या गर्ने काम कार्यकारिणीको नभएको बताउनुभएको छ ।…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

रोजगारीमा नया जिम्मेवारी थपिनेछ । उत्साहले काम बन्नेछ । पारिवारिक छोटो यात्रा हुनेछ ।

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बहुमत प्राप्त दलका प्रधानमन्त्रीले संसद विघटन गर्न पाउनुपर्ने बताउँदै आउनुभएको छ ।