Logo मंसिर २०, २०७७ शनिबार


‘बिपीको नीतिमा नफर्किए कांग्रेस सिद्धिन्छ’ (भिडियाेसहित)

जोशीले भन्नुभयो, 'मलाई कारबाही भागवण्डामा'

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले आफूलाई पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले भागवण्डामा कारबाही गरेको बताउनुभएको छ । कांग्रेसले निर्वाचनमा असहयोग गरेको आरोप लगाउँदै पाँच वर्षका लागि साधारण सदस्यताबाट समेत निश्कासनको कारबाही गरेपछि जनता टेलिभिजनको कार्यक्रम जनसंवादमा उपस्थित हुनुभएका पूर्व सहमहामन्त्री जोशीले देउवा र पौडेल बीच पार्टीमा साठी र चालिसको भागबण्डा भइरहेको र आफूलाई कारबाही पनि सोही आधारमा भएको बताउनुभयो ।

देउवालाई पत्नी आरजुको राजनीति जोगाउन कैलालीका पुष्करनाथ ओझा र डडेलधुराका रामबहादु विष्टलाई कारबाही गर्नैपर्ने थियो । यता तनहूँमा रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेललाई अगाडि बढाउन मलाई पाखा लगाउनै पर्ने थियो । त्यसैले भागवण्डामा यो कारबाहीको नाटक गरियो । पूर्व सहमहामन्त्री जोशीले भन्नुभयो, ‘म रगत रगतमा कांग्रेस बगेको मान्छेलाई केको कारबाही ।’

कांग्रेसभित्र बिपीका अनुयायीहरुलाई अहिले छानेर पाखा लगाउने षड्यन्त्र भइरहेको उल्लेख गर्दै नेता जोशीले बिपी पुत्र सशांक र भतिज शेखर कोइरालाको मौनता रहस्यमय भएको बताउनुभयो । बिपीले बोकेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको दिशामा हिडुन्जेल कांग्रेस जनताको प्रिय भएको तर सहमती, सहकार्य र एकताको नारामा गिरिजाप्रसाद हिड्न थालेपछि कांग्रेस धरासायी बन्दै गएको जोशीको भनाइ छ ।

गिरिजाप्रसादले लिनुभएको नीति त्यागेर बिपीले लिएको नीतिमा कांग्रेस नफर्किने हो भने कांग्रेस सिद्धिने मात्र होइन मुलुकनै भड्खालाेमा जाकिने निश्चित छ । जोशीले भावुक हुँदै भन्नुभयो, ‘मलाई कारबाही गरेकोमा मैले देउवा र पौडेललाई धन्यवाद दिनैपर्छ, किनभने मैले कांग्रेसको थप दुर्दिन देख्नु नपर्ने भयो ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

टेम्पल माउन्ट सिफ्टिंग प्रोजेक्टमा काम गर्ने पुरातत्वविदको टोलीमा सलंग्न एक ९ वर्षका बालकले तीन हजार वर्ष पुरानो सुनको टुक्रा भेटेका…

भेडाको ऊन कम्मल, राडी, स्विटर बनाउन प्रयोग हुने गरेको छ भने यसको घ्यू औषधिकै रुपमा प्रयोग हुने गरेको छ ।

अहिले टिकटकमा एक मिनेटसम्मको भिडियो मात्रै अपलोड गर्न सकिने सेवा रहेको छ ।

केन्द्रीय राजधानी नयाँ दिल्लीलाई समेत प्रभावित पार्नेगरी आन्दोलन शुरु भएकाले केन्द्रीय सरकार अहिले दबाबमा परेको छ ।

ट्राफिक कारबाहीमा परेमा लिनुपर्ने सचेतना कक्षा अनलाइनबाट लिएपछि मात्रै महाशाखाको कार्यालयबाट कागजपत्र लिन सकिने एसएसपी भट्टराईले बताउनुभयो ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६६ पुगेको छ ।