वैज्ञानिक भन्छन्- सूर्यकाे तापक्रम अप्रत्यासित रूपले घट्दैछ

वासिङटन । सबैलाई न्यानो दिइरहेको सूर्य अबको ३० वर्षपछि चिसो हुने भएको छ । सौर्य चक्र सम्बन्धी अध्ययन गरिरहेका वैज्ञानिकहरुले त्यस्तो अनुमान लगाएका हुन् ।

क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले केही समयअघि गरेको एक अध्ययन अनुसार सन् २०५० सम्म सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने छ ।

अध्ययनपछि वैज्ञानिकहरुले त्यसबेलासम्म सूर्यको तापक्रम अहिलेको भन्दा ७ प्रतिशत घट्ने प्रतिवेदन निकालेका छन् । वैज्ञानिकहरुले सूर्यको तापक्रम घटेपछि त्यसको असर पृथ्वीमा पनि पर्ने बताएका छन् ।

तर असर संसारभर एकैनासको भने नहुने वैज्ञानिकहरुले उल्लेख गरेका छन् । विश्व तापक्रममा यस्तो घटनाक्रम भइरहने उनीहरुको भनाइ छ । वैज्ञानिकहरुले पत्ता लगाएको यो तथ्य केही महिना अघि सिकागोको एउटा जर्नलमा प्रकाशित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ  ।रोजगारीमा लाभ हुनेछ । वृष– सामान्य आम्दामी हुनेछ , इच्छाएको काम पुरा हुने्छ…

नेपाल, भारत, अमेरिका तथा खाडीका केही देशमा संस्कृत दिवस मनाइएको आयोजकले बताएका छन् ।

डोटी । नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको शव भेटिएको छ । अस्पतालमा कार्यरत …

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि महानगरपालिकाबाट…

कैलाली । बाढीले विस्थापित भएका भजनीका पीडितले भाेक लागेकाे पाँच दिनपछि बल्ल पेटभरि खान पाएको बताएका छन् ।  भजनीको वडानम्बर…

जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको छ ।