अनलाइन स्विमिङ्ग लेभल १ कोर्स शनिबारदेखि हुने

काठमाडौं । नेपाल ट्राईयाथलन संघको आयोजना तथा वर्ल्ड कोचेज एकेडेमीको सहयोगमा अनलाइन स्विमिङ्ग लेभल १ कोचिङ्ग कोर्स शनिबारदेखि हुने भएको छ ।

श्रावण १७ र १८ गते दुई दिनसम्म संचालन हुने अनलाइन कोर्समा पौडी सम्बन्धि प्राविधिक ज्ञान प्रदान गरिने छ । सिङ्गापुरका प्रशिक्षक युगिन लिले अनलाइन मार्फत प्रशिक्षण प्रदान गर्ने छन् । लि वर्ल्ड कोचेज एकेडेमीका संस्थापक निर्देशक पनि हुन् ।

पौडी प्रशिक्षकहरुमा वैज्ञानिक प्रशिक्षण र पौडी सम्बन्धि प्राविधिक ज्ञानका कारण पौडी खेलाडीमा प्रभावकारी ज्ञान प्रदान गर्न मद्धत पर्याउने कोर्सको उद्धेश्य रहेको छ । कोर्सले प्रशिक्षकमा प्रशिक्षण सम्बन्धि उच्च ज्ञान प्रदान गर्नुका साथै प्रशिक्षकको भूमिका र उत्तरदायित्व, प्रशिक्षण प्रणाली र खेल सम्बन्धि विशेष ज्ञान प्रदान गर्नेछ । प्रशिक्षकले प्राप्त गरेका यस प्रकारको ज्ञानले नयाँ खेलाडी उत्पादनमा ठूलो सहयोग पुग्नुका साथै भइरहेका खेलाडीको स्तरवृद्धि गर्न समेत सहयोग पुग्ने संघको विश्वास रहेको छ ।

वल्र्ड कोचेज एकेडेमीले चिन, हङ्गकङ्ग, मलेसिया, ईन्डोनेसिया, सिंगापुर र भारतमा सफलतापूर्वक कोर्स संचालन गरिसकेको छ ।

ट्राईयाथलन पौडी, साईक्लिङ्ग र दौडको मिश्रीत खेल हो । कोर्समा ट्राईयाथलनसँग सम्बन्धित २५ प्रशिक्षकले प्रशिक्षण लिने यसले पौडी र ट्राईयाथलन दुबै खेललाई मद्धत पुग्ने नेपाल ट्राईयाथलन संघका महासचिव युवराज सुनुवारले जानकारी गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ  ।रोजगारीमा लाभ हुनेछ । वृष– सामान्य आम्दामी हुनेछ , इच्छाएको काम पुरा हुने्छ…

नेपाल, भारत, अमेरिका तथा खाडीका केही देशमा संस्कृत दिवस मनाइएको आयोजकले बताएका छन् ।

डोटी । नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको शव भेटिएको छ । अस्पतालमा कार्यरत …

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि महानगरपालिकाबाट…

कैलाली । बाढीले विस्थापित भएका भजनीका पीडितले भाेक लागेकाे पाँच दिनपछि बल्ल पेटभरि खान पाएको बताएका छन् ।  भजनीको वडानम्बर…

जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको छ ।